मुख्य सामग्रीमा जानुहोस्
Friday, 18 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

सन्दिप लामिछानेलाई पिसिएल जमैका तलवाजले हटायो, तत्काल जमैका छाड्नुपर्ने सम्भावना

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । नाबालिगलाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दिप लामिछानेलाई क्यारेबियन प्रिमियर लिग क्लब जमैका तलवाजले टोलीबाट हटाएको छ । सन्दिपविरुद्ध नेपालमा पक्राउ पूर्जी जारी भएपछि टोलीले उनलाई हटाएको हो । क्यारेबियन प्रिमियर लिग (सिपिएल) ले बिहिबार एक विज्ञप्ति जारी गर्दै सन्दिप लामिछाने अब जारी सीजनको सिपिएलका कुनै पनि खेलमा सहभागी नहुने स्पष्ट पारेको छ ।

जमैका तलवाजले शनिबार ट्रिनबागो नाइट राइडर्स विरुद्धको खेलका लागि तयार पारेको सूचीमा सन्दिपको नाम नराखेको समेत विज्ञप्तिमा उल्लेख गरिएकाे छ । क्लबले सम्झौता खारेज गरेपछि अब सन्दिपले तत्काल जमैका छाड्नुपर्ने पनि विज्ञप्तिमा भनिएकाे छ ।

केन्याविरुद्धको क्रिकेट श्रृंखला खेल्न जानुअघि सन्दिपले आफूलाई बलात्कार गरेको भन्दै एक नाबालिग किशोरीले गौशाला प्रहरी वृत्तमा उजुरी दिएपछि क्रिकेटर सन्दिप अपराध अनुसन्धानमा तानिएका हुन् । नेपाल प्रहरीले सन्दिपविरुद्ध पक्राउ पूर्जी जारी गरिसकेको छ । साथै नेपाल क्रिकेट एसोसिएशनले सन्दिपलाई नेपाली राष्ट्रिय टोलीको कप्तानबाट समेत हटाईसकेको छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।