दाङमा शुरू भयाे माओवादी प्रवेशकाे लहर, जसपाको जिल्ला समिति नै माओवादीमा समाहित

दाङमा शुरू भयाे माओवादी प्रवेशकाे लहर, जसपाको जिल्ला समिति नै माओवादीमा समाहित

जनता समाजवादी पार्टी (जसपा) को दाङ जिल्ला समिति कमिटि नेकपा मााओवादी केन्द्रमा समाहित भएको छ । जसपाको दाङ जिल्ला समिति एकसय ५३ सदस्यीय रहेकोमा एकसय ३० जना भन्दा बढीको संख्यामा माओवादीमा प्रवेस गरेको जसपा दाङका अध्यक्ष होमप्रसाद शर्माले जानकारी दिनुभयो ।

जसपा जिल्ला अध्यक्ष होमप्रसद शर्मा, उपाध्यक्ष तथा राप्ती गाउँपालिका अध्यक्ष रणप्रसाद सुवेदी, जिल्ला सचिव लक्ष्मी चौधरी सहितको जसपाको जिल्ला कार्यसमिति माओवादीमा समाहित भएको हो । यस्तै जसपाका केन्द्रिय सदस्य टोपवहादुर कार्की, प्रकाश चौधरी पनि माओवादी केन्द्रमा प्रवेस गर्नुभएको छ ।

नव प्रवेसीहरुलाई नेकपा माओवादी कैनद्रका केन्द्रिय उपाध्यक्ष कृष्णवहादुर महराले स्वागत गर्नुभएको छ । नयाँ प्रवेसीलाई स्वागत गर्दै महराले माओवादीमा प्रवेस गर्दा गौरव गर्न आग्रह गर्नुभयो । सबै नयाँ प्रवेसीलाई पार्टीमा उचित जिम्मेवारी दिने समेत उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, नव प्रवेसी साथिहरुलाई जिम्मेवारी दिन कन्जुस्याई नगर्नू सबैलाई आ आफ्नौ हैसियत अनुसारको जिम्मेवारी दिनुस ।

पार्टी प्रवेस कार्यक्रम तथा क्षेत्रीय बैठकको प्रमुख अतिथि समेत रहनु भएका उपाध्यक्ष महराले गठबन्धनका विचमा सिटबाँडको विषय अन्तिम चरणमा प्रवेस गरेको पुगेको बताउनुभयो । नेता महराले प्रतिनिधिसभाको लागि हाल सम्म एकसय सिटको बाँठफाँड टुङगिसकेको बताउनुभयो । उहाँका अनुसार दाङको तीनवटै क्षेत्रमा नेपाली काङग्रेस र माओवादीको विचमा सहमति भएको भएपनि नेकपा एकिकृत समाजवादीलाई पनि सम्मानजनक सिट मिलाउँदा समय लागेको बताउनुभयो ।

यस्तै कार्यक्रममा नेकपा माओवादीका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यले माओवादीले उठान गरेका मुद्धा धेरै सम्बोधन भएको बाँकी विषयलाई माओवादी आन्दोलन थप विषय पूरा गर्दै जाने बताउनुभयो ।

शनिवार लमहीमा भएको पार्टी प्रवेस कार्यक्रममा एकसय ६६ जना जसपाका पार्टी परित्याग गरी माओवादीमा प्रवेस गरेको माओवादी दाङ जिल्ला सचिव विश्वराज आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार माओवादीले जिल्लामा घर फर्क अभियान संचालन गरि माओवादी छाडेर अन्य पार्टीमा पुगेकालाई फर्काउने अभियान समेत संचालन भएको छ ।