चुनाव लड्ने ठबन्धनबाट सहमति भए अनुसार नै मैले उम्मेद्वारी घोषणा गरेको हु : महरा

चुनाव लड्ने ठबन्धनबाट सहमति भए अनुसार नै मैले उम्मेद्वारी घोषणा गरेको हु : महरा

दाङ । आउने मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफ्नो उम्मेदवारीका बिषयमा मुख नखोलेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले आफू दाङ –२ बाटै निर्वाचन लड्ने सार्वजनिकरुपमा घोषणा गरेका छन् । उनले आफू प्रतिनिधिसभा निर्वाचनमा लड्ने र आफ्नै चुनावी क्षेत्रबाट लड्ने समेत उल्लेख गरे ।

महरा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा दाङ २ बाटै निर्वाचित भएका हुन। ‘म चुनाव लड्छु, त्यो पनि मेरै चुनाव क्षेत्रबाट लड्छु,’ पत्रकारहरुसंग सक्षीप्त प्रतिकृया दिदैउपाध्यक्ष महराले भने ‘हुन त, अन्य क्षेत्रबाट पनि साथीहरुले मेरो उम्मेदवारीको अपेक्षा गर्नुभएको छ, तर अव म साथिभाई सबैको सल्लाह सुझाव अनुसार आफ्नो क्षेत्र छोडेर अन्त कतै जान्नँ। ’

उनले आफ्नो क्षेत्रका मतदाताहरुले महरा उम्मेदवार बनोस् भन्ने चाहिरहेको भन्दै आम मतदाताको चाहनालाई आफूले नकार्न नसक्ने समेत ठोकुवा गरे । मलाई मतदाता साथीहरुले चाँडै उम्मेदवारी घोषणा गर्नुस् भनेर भनिरहनु भएको छ,’ उनले भने ‘मतदाताहरुले यसै निर्वाचन क्षेत्रबाट उठ्नका लागि गरेको चिन्तनको कदर गर्दै म आफ्नै क्षेत्रबाट चुनाव लड्छु। ’

माओवादी केन्द्रले आईतबारै महराको नाम यसै क्षेत्रबाट उम्मेदवार सिफारीस गरिसकेको छ। महराले आफू यसै निर्वाचन क्षेत्रबाट चुनाव लड्नका लागि आफ्नो नाम पहिलो नम्बरमै सिफारीस गर्न समेत माओवादी क्षेत्र नम्बर २ समन्वय समितिलाई भनेका थिए। ‘म यसै क्षेत्रबाट चुनाव लड्ने हुँ, सिफारीसका लागि बोलाईएको बैठकमा मेरो नाम एक नम्बरमा सिफारीस गर्नु भनेर भन्ने छु,’ नाम सिफारीस हुनु अघि उनले भनेका थिए ‘मेरो नाम पहिलो नम्बरमा सिफारीस हुन्छ।’

दाङ २ माओवादी केन्द्रले पाउने निर्णय गठबन्धनका बिचमा सहमति भैसकेको भन्दै उनले थपे, ‘मेरो क्षेत्र दाङ २ मा माओवादी केन्द्रले नै टिकट पाउने निर्णय भैसकेको छ, यहाँको उम्मेदवार म नै हो। ’

। ‘म अहिलेको भन्दा पनि पछिको परिस्थती आँकलन गरेर खुलेको थिएन,’ महराले भने, ‘पार्टीको निर्णयलाई मानेर अघि बढ्नु पर्छ–नेता महराले भने ।
महरा दाङ २ बाट निर्वाचन लड्ने भए महरा र एमाले महासचिव शंकर पोख्रेलका बिचमा चुनावी प्रतिष्पर्धा हुने छ। एमालेले पोख्रेलको नाम यो क्षेत्रबाट सिफारीस गरिसकेको छ। महासचिव पोख्रेलले आफू दाङ २ बाटै निर्वाचन लड्ने निर्णयमा पुगिसकेका छन्। उनले आइतबार प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा आफू दाङ २ बाट चुनाव लड्नका लागि नभई चुनाव जित्नका लागि उम्मेदवार बन्ने बताएका छन्।