मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 22 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

सेमिफाइनलमा नेपालले आज श्रीलंकासँग खेल्दै

Himali Patrika 1 मिनेट पढाइ

२७ भदौ, काठमाडौं । श्रीलंकामा भइरहेको साफ यु-१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज घरेलु टोली श्रीलंकासँग खेल्दैछ । नेपाल र श्रीलंकाबीचको खेल कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपाली समय अनुसार राति ८:१५ बजे सुरु हुनेछ ।

नेपाल समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेको हो । नेपालले समूह चरणमा भुटानलाई २-१ र भारतलाई ३-१ ले पराजित गरेको थियो । समूह चरणको लयलाई कायम राख्दै फाइनल पुग्ने योजनामा नेपाल छ । नेपालको प्रशिक्षक उर्जन श्रेष्ठले श्रीलंकालाई हराउदै फाइनल पुग्ने लक्ष्य रहेको बताएका छन् ।

यस खेलको विजेताले फाइनलमा भारत र बंगलादेशबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल बुधबार हुनेछ । उता समूह ए को उपविजेता बन्दै सेमिफाइनल पुगेको श्रीलंकाले माल्दिभ्सलाई १-० ले हराएको थियो भने बंगलादेशसँग ५-१ ले पराजित भएको थियो । आजै बंगलादेश र भारतबी अर्को सेमिफाइनल खेल पनि हुनेछ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।