मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 10 November 2026
FY
ब्रेकिङ DocSample: सबै डकुमेन्टको काम एकै ठाउँमा, निःशुल्क र सुरक्षित
समाचार

भारतका १७ सय हलमा ‘प्रेम गीत–३’को ट्रेलर

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । चलचित्र ‘प्रेम गीत–३’को ट्रेलर भारतका १७ सयभन्दा धेरै हलमा बजिरहेको छ । भारतमा रिलिज हुन लागेको चलचित्रको ट्रेलर त्यहाँका १७ सयभन्दा धेरै हलमा बजिरहेको ‘प्रेम गीत–३’ निर्माण पक्षले जनाएको छ ।

हिन्दी भाषामा डबिङ भएको चलचित्र ‘प्रेम गीत–३’ असोज ७ गतेबाट रिलिज हुँदै छ । नेपाल र भारतमा यो चलचित्र एकैदिन रिलिज हुनेछ । ट्रेलर बजेका हलमा चलचित्र रिलिज हुनेछ ।

हिन्दीमा डबिङ भएर भारतमा भारतीय वितरकमार्फत रिलिज हुन लागेको यो नै पहिलो नेपाली चलचित्र हो ।
सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेको चलचित्रमा प्रदीप खड्का, कृष्टिना गुरुङ, सुनील थापा, शिव श्रेष्ठलगायत कलाकार मुख्य भूमिकामा छन् ।

अहिले निर्माण पक्ष यो चलचित्रको प्रचारका लागि भारत र नेपालका विभिन्न सहरमा दुई टोली बनाएर प्रचार–प्रसार गरिरहेको छ । भारतमा पवनदीपलगायत कलाकार प्रचारमा हिँडिरहेका छन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।