मुख्य सामग्रीमा जानुहोस्
Thursday, 17 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

४० लाख पारिश्रमिक मागेका धीरज मगरले ‘भगवत् गीता’ खेल्लान् ?

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । अभिनेता धीरज मगरले झरना थापाको नयाँ फिल्म ‘भगवत् गीता’ गर्ने गाइँगुइँ पनि चल्यो । निर्माताले पनि अप्रोच गरेकै हुन् । धीरजले महंगो पारिश्रमिक मागेपछि कुरा नमिलेको निर्माताको तर्क छ । जसलाई धीरज स्वयंले पनि अस्वीकार गरेनन् । धीरजले आफूसँग ४० लाख रुपैयाँ पारिश्रमिक मागेको निर्माता सुनिलकुमार थापा बताउँछन् ।

जसलाई स्वयं धीरज पनि स्वीकार्छन् । ‘उहाँले त्यति पारिश्रमिक माग्नुभएको हो । पछि केही घटाएर पैसामा कुरामा मिले पनि फिल्म साइन भएन’ थापाले अनलाइनखबरसँग भने ।

हालैको एक मिडिया कुराकानीमा पनि धीरजले आफूले त्यति पारिश्रमिक डिजर्भ गर्ने बताउँदै मागेको स्वीकारे । ‘मेरा लागि पारिश्रमिक दोस्रो कुरा हो, मुख्य कुरा मैले स्क्रिप्ट नै पाएको छैन,’ यो हल्लाबारे धीरजले भने ।

धीरजले फिल्म नगर्ने भएपछि निर्माता थापाले भगवत् गीताको लागि नयाँ हिरो खोजिरहेका छन् । उनी झरनालाई लिएर लोकेसन खोज्न सोमबार जनकपुर जाँदैछन् । हिरो बिनै निर्माता जनकपुर उडेपछि धीरजको सम्भावना अझै फिल्ममा देखिएको अनुमान गर्न सकिन्छ । तर निर्माता थापाले नयाँ हिरो लिएर आफैं छायांकनमा जाने बताए ।

पारिश्रमिकको कुरा गर्दा नेपाली फिल्ममा अनमोल केसी महंगा अभिनेता हुन् । ‘छड्के २’मा उनले ५० लाख रुपैयाँ पारिश्रमिकमा काम गरिरहेका छन् । डेब्यु फिल्म ‘इन्टुमिन्टु लण्डनमा’बाट हिट भएपछि धीरज महंगिएका हुन् । धीरजले अदिती बुढाथोकीसँग नयाँ फिल्म खेल्दैछन् भने निर्देशक दीपेन्द्र लामाको अनटाइटल नयाँ प्रोजेक्ट पनि पाइपलाइनमा छ ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।