दाङ, २७ भदौ । त्रिसिद्देश्वरि राप्ति यातायात सेवा प्रालिले दशै लाई मध्यनजर गर्दै स्तरिय बसहरु सञ्चालनमा ल्याएको छ । पश्चिम नेपालको सबैभन्दा पुरानो र तत्कालिन राप्ति समितिले यस अघि एसि ,डिलक्स र ब्लु स्काई बसहरु काठमाडौं रुटमा सञ्चालन गर्दै आएको थियो ।
बदलिदो समयको माग अनुसार प्रालिले यस बर्षको दशै तिहार जस्ता चाडपर्बमा यात्रुहरुको सुबिधाका लागि नेपालमै पहिलो पटक युरो फोर,कुलर सहितको सेभेन
स्टार डिलक्स बसहरु सञ्चालनमा ल्याईएको हो ।
प्रालिका अध्यक्ष शुरेस हमालका अनुसार काठमाडौं बाहेकका अन्य रुटहरुमा समेत नजिकिदै गरेको चाडपर्बलाई मध्यनजर गर्दै यात्रु मैत्रि बाताबरणमा आम
यात्रुरुलाई घर सम्म ल्याउने बाताबरण मिलाउन निर्देशन दिईसकिएको छ ।
अहिले लाई चार वडा सेभेन स्टार बसहरु थप गरिएको छ यात्रुहरुको माग र चाप अनुसार अन्य बसहरु थप्दैजाने प्रालिका प्रशासनिक सचिब प्रकाश भट्टले
जानकारी दिनुभयो ।
दाङको तुलसीपुरबाट साझ ५ः४५ र काठमाडौं बसपार्कबाट प्रत्यकदिन ७ः१५ बजे सेभेन स्टार बसहरु छुटने तालिका मिलाईएको प्रालिका सञ्चालक प्रितमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।




