मुख्य सामग्रीमा जानुहोस्
Monday, 7 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
समाचार

पुकार बमले रवि लामिछानेको घण्टी चुनाव चिह्न लिने

Himali Patrika 1 मिनेट पढाइ

२८ भदौ, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका पुकार बमले रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिह्नबाट चुनाव लड्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको प्रारम्भिक निर्वाचनमा निर्वाचित भए पार्टी सदस्यता बिना नै चुनाव चिह्न घण्टी दिने सहमति भएको उनले बताएका छन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीले प्रारम्भिक निर्वाचनबाट निर्वाचित भए पार्टीमा स्वतन्त्र रहने गरि ९पार्टी सदस्यता बिना पनि० आफ्नो चुनाव चिन्ह घण्टी निर्वाचन प्रयोजनका लागि मलाई पनि दिने भएको छ,’ उनले भनेका छन्, ‘यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आभार प्रकट गर्दछु । साथै, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाण्डौं १ लागि प्रस्तावित उम्मेदवारका रुपमा निशर्त पार्टीको प्रारम्भीक निर्वाचनमा सरिक हुने जानकारी गराउँदछु ।’

विवेकशील साझा पार्टीमा सक्रिय रहेका उनले पछिल्लो समय स्वतन्त्र रहेर विवेकशील अभियान चलइरहेको बताउँदै आएका थिए ।बमले विवेकशील अभियानलाई अझै बृहत बनाउन आफूले घण्टी चुनाव चिह्न लिन लागेको बताएका छन् । उनले एक्लो व्यक्ति स्वतन्त्ररुपमा निर्वाचित भएर संसदमा पुगेर चाहेको परिवर्तन सम्भव नरहेकाले पनि यो निर्णय गर्नु परेको बताए ।!

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।