मुख्य सामग्रीमा जानुहोस्
Friday, 18 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
लुम्बिनी प्रदेश

नेपाली कांग्रेस दाङको जिल्ला सभापतिमा शंकर डाँगी निर्वाचित

Himali Patrika 1 मिनेट पढाइ

सन्तोष डाँगी

दाङ। नेपाली कांग्रेस दाङको जिल्ला सभापतिमा युवा नेता शंकर डाँगी निर्वाचित भएका छन्।  हिजाे शनिबार भएकाे निर्वाचनमा नेता डाँगीले ७७६, र भूप बहादुर डाँगीले ५४५ मत लिएरका थिए । त्यस्तै सभापतिका उम्मेदवार जानकीलाल बस्नेतले ४७१ र कमल किशोर घिमिरेले ३१५ मत लिएका थिए ।

प्रथम हुने उम्मेदवारकाे ५१% मत नआएपछि सभापतिकाे लागि आज आइतबार पु:न निर्वाचन हुने भनिएकाे भए पनि सहमति पश्चात् शंकर जिल्ला सभापति भएकाे हुन् । भूपबहादुर र शंकरबीच भएकाे समहतिपश्चात शंकर सभापति भएका हुन् । भूपेन्द्रबहादुरले शंकरलाई सभापतिमा समर्थन गरेपछि शंकरलाई सभापति घाेषणा गरिएकाे हाे ।

शंकरकाे राजनीतिक यात्रा

विद्यार्थी राजनीतिबाट राजनीतिमा `डेब्यु´ गरेका डाँगी पार्टीका लागि जहिले पनि `हक्की´ स्वभावका रूपमा उभिन्छन् । तेह्राैँ महाधिवेशनमा लाेकप्रिय मत लिएर जिल्ला सचिवमा निर्वाचित भएका डाँगी यसपालिको अधिवेशनमा सभापतिका रूपमा उभिएका छन् । उनी सभापतिका लागि बलियाे उम्मेदवार मानिन्छन् ।

नेविसंघकाे साविक बाघमारे गाविसकाे सचिव भएर संगठन बिस्तार गर्दै आएका डाँगीकाे सांगठनिक कुशलताका कारण पनि नेविसंघ क्षेत्र नं. ३ का क्षेत्रीय सचिव रहेर काम गरिसकेका छन् ।२०५५ सालमा महेन्द्र बहुमुखी क्याम्पस दाङका स्ववियु सभापति भएका डाँगी २०५७ सालमा नेविसंघ दाङका जिल्ला अध्यक्ष भएर नेतृत्व गरिसकेका छन् । २०५९ सालमा नेविसंघकाे केन्द्रीय सदस्य भएर राजनीतिक यात्रालाई केन्द्रीय राजनीतिसँग जाेड्न उनी सफल भए । पार्टीको बाह्राै अधिवेशनमा जिल्ला सदस्य भएका डाँगी भएका डाँगी साेही कार्यकालमै सचिवमा मनाेनित भएका हुन् । तेह्राै अधिवेशनमा सचिवमा निर्वाचित भएका हुन् ।

आन्दोलनकाे अग्रमाेर्चामा रहेर पार्टीका लागि धुरी खाबाे भएर उभिने डाँगी नेतृत्वका लागि काबिल मानिन्छन् । पार्टीका भातृ संगठनमा रहँदा पार्टीका लागि रक्षात्मक भूमिका खेल्दै आएका हुन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।