मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 10 November 2026
FY
ब्रेकिङ DocSample: सबै डकुमेन्टको काम एकै ठाउँमा, निःशुल्क र सुरक्षित
समाचार

दाङ निर्वाचन क्षेत्र नं २ (ख) मा माओवादीबाट प्रदेशसभामा ६ जनाकाे नाम सिफारिस

Himali Patrika 1 मिनेट पढाइ

घाेराही, ३० भदाै । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आगामी मंसिर ४ गते हुन थाले प्रदेश सभा निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नं २ (ख) बाट ६ जनाकाे नाम सिफारिस गरेकाे छ ।

माओवादी निर्वाचन क्षेत्र समन्वय समिती २ (ख) काे बैठकले तुलसी डाँगी (मिलन), मिना बुढा, श्रीधर पाैडेल, बुद्धि प्रकाश चाैधरी (सचिन), राजबहादुर परियार र पिताम्बर वलीकाे नाम सिफारिस गरेकाे माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य अजयदीप शर्माले जानकारी दिनुभयाे ।

समन्व समितिका संयाेजक बुद्धिप्रकाश चाैधरी (सचिन) काे अध्यक्षता एवम् माओवादी केन्द्रका केन्द्रीय सदस्य भीमकुमारी बाँठा (निशाना) काे प्रमुख आतिथ्यतामा बैठक बसेकाे थियाे ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।