काठमाडौँ। काठमाडौँ महानगरले काठमाडौंको घना बस्तीको बीचबाट बग्ने पाँच किलोमिटर लामो टुकुचा जयनेपाल हलको आँगनमा खोला भेटाएपछि चारतिर नगरप्रमुख र उपप्रमुखको चौतर्फी वाहवाही भैरहेको छ। वर्षौँदेखि हराएको उक्त खोला काठमाडौँको घना बस्तीको बीचबाट बग्ने गरेको पत्ता लागेपछि राप्रपाका नेताले नगरप्रमुख बालेन साह र उपप्रमुख सुनिता डङ्गोललाई बधाई दिएका छन्।
आफू सानो छँदा बागबजारदेखि पद्मोदय स्कुल सम्म टुकुचामा पौड खेलेर रमाइलो सम्झना सम्झना गर्दै काठमाडौंका खोला नाला सफा स्वच्छ र कलकल बग्ने होस् भन्दै शुभकामना समेत दिनु भएको छ ।
हेर्नुस सामाजिक संजालमा विभिन्न व्यक्तित्वहरुले दिएको प्रतिक्रिया
फेसबुकमा सामाजिक अभियन्ता ज्वाला संग्रौला लेख्छिन्,
टुकुचा खोलामाथि नारायणहिटी राजदरबार, जय नेपाल हल, न्यु प्लाजा लगायत सयौँ ठूल्ठूला भवन निर्माण भएका रहेछन् ! खोलानाला बेचिएका मात्र होइन, पुरिएका पनि रहेछन् ! बालेनले सबका सब यतिबेला धमाधम खोतल्दै गर्दा उनको सुरक्षा ब्यवस्था कडा गरिनु पर्यो किनकी उनले पुराना तथा नयाँ राजा महाराजाले हडपेको इलाका पनि सजिलै आक्रमण गरेर जनताको कित्तामा ल्याउन सफल भएका छन् !





