मुख्य सामग्रीमा जानुहोस्
Monday, 7 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
समाचार

नेपाल आउने भनेका सन्दीप लामिछाने भागेकै हुन त ?

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । नेपाली क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछाने अहिले सिंगापुर पुगेको खुलासा भएको छ । आफूमाथि लागेको बलात्कारको आरोप अस्वीकार गर्दै चाँडै नेपाल फर्कने बताउँदै आएका लामिछानेले सिंगापुरमै बसेर कानुनी उपचार लिने प्रयास गरिरहेको खुलाशा भएको हो ।

उनलाई परामर्श दिन नेपालबाट अधिवक्ता सरोज घिमिरे सिंगापुर गएको स्रोतले जनाएको छ । लामिछानेले स्वदेश नआइकन मुद्धा लड्न सकिने विकल्पको खोजी गर्दैछन् । उनी विदेशबाटै वारेसीमार्फत कानुनी लडाइ लड्न खोजेपनि नेपालमै अनिवार्य आउनै पर्ने जानकारहरु बताउछन् ।

सन्दीप नेपाल आए लगत्तै पक्राउ पर्न सक्छन् । उनलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले भदौ २३ गते प्रहरीलाई अनुमति दिएको छ । नेपाल आउन आलटाल गरेमा उनलाई इन्टरपोलमार्फत भएपनि प्रहरीले पक्राउ गर्न सक्छ । नाबालिग बलात्कारको आरोप लागेसँगै नेपाल क्रिकेट सङ्घले उनलाई टिमबाट निलम्बन समेत गरेको छ ।

गत भदौ ६ गते टी–२० क्रिकेट खेल्न केन्या गएका सन्दीपविरुद्ध एक नाबालिगले आफुमाथि होटलमा पटक–पटक बलात्कार गरेको आरोपमा साउन २१ गते गौशलामा उजुरी दिएकी थिइन् । केन्यामा खेल सकिएपछि क्यारेबियन लिग खेल्न वेस्ट इन्डिज पुगेका सन्दीप खेल्न नपाउदै त्यहाँबाट हिडेका थिए । तर, उनी नेपाल नआएर सिंगापुरतर्फ सोझिएका हुन् ।

गत शुक्रबार उनले आफूमाथि लागेको आरोपको खण्डन गर्दै नेपाल चाँडै फर्कन्छु भनि आफ्नो फेसबुक मार्फत बताएका थिए। टिकटको प्रकिया सकेर जतिसक्दो चाँडो नेपाल आउने उनको भनाइ थियो। उनले आफू निर्दोष भएको र नेपालको कानुनमा पूर्ण विश्वास राखेको प्रतिक्रिया दिएका थिए। साथै सीपीएलबाट बिदा लिएर केही दिनमै स्वदेश फर्कने निर्णय समेत गरेको उनले बताएका थिए।

आफूमाथि लागेको सबै आरोपहरूको सामना गर्न तयार छु भनेका उनी केही दिन यता सम्पर्क बिहिन भएका थिए । सन्दीपले वेस्ट इन्डिजबाट सामाजिक सञ्जालमा सो प्रतिक्रिया दिएका थिए। उनलाई वेस्टइन्डिजबाट काठमाडौ झर्न समान्य तय २ दिन मात्र लाग्छ। सन्दीप आइतबार वा सोमबार सम्ममा नेपाल आइसक्ने अनुमान गरिएको थियो। तर उनी स्वेदश नआई सिधै सिंगापुर हानिए ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।