मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 16 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

निर्वाचन आयोगलाई पैसा तिर्न तयार छु, तर भ्रष्टाचारीको भुँडीमा नपरोस् : मेयर साम्पाङ

Himali Patrika 1 मिनेट पढाइ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले निर्वाचन आयोगले जरिमाना लगाएकोप्रति प्रतिक्रिया दिएका छन्। आफु निर्वाचन आयोगले तोकेको जरिमाना तिर्न तयार रहेको सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएका हुन्।

निर्वाचन आयोगले ढिला निर्वाचन खर्च बुझाएको भन्दै धरान मेयर हर्क सम्पाङ, काठमाडौँका मेयर बालेन साह, चितवन मेयर रेणु दाहाल लगायतका जनप्रतिनिधिहरुलाई जरिवाना तोकेको थियो।

आयोगले शुक्रबारको निर्णय अनुसार काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), भरतपुरकी प्रमुख रेणु दाहाल तथा पोखरा महानगरका प्रमुख धनराज आचार्यलाई कारबाही गरेको हो। आयोगले तीन महानगरसँगै धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई पनि जरिवाना तोकेको छ ।

आयोगको निर्णय अनुसार महानगरका प्रमुखलाई सात लाख ५० हजार रुपैयाँ जरिवाना हुनेछ। यस्तै, उपमहानगर प्रमुखको हकमा पाँच लाख ५० हजार जरिवाना हुनेछ। निर्वाचन सम्पन्न भएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने व्यवस्था छ। आयोगले खचए विवरण नबुझाउने एक लाख २३ हजारलाई जरिवानाको निर्णय गरेको छ।

अब तोकिएको अवधिमा जरिवाना नबुझाए त्यस्ता व्यक्तिले ६ वर्षसम्म चुनावमा उम्मेदवार बन्न पाउने छैनन्। यस्तै जरिवाना सरकारी बाँकी सरह नै रहनेछ।

साम्पाङलाई आयोगले पाँच लाख ५० हजार जरिबाना तोकेको छ। राईले पाँच लाख ५० हजार जरिवाना तिर्न रहेको तर आफूले तिरेको जरिबाना भ्रष्टाचारीको भुँडीमा नपरोस् भनेका छन्। ‘५ लाख ५० हजार जरिवाना तिर्न तयार छु तर मैले तिरेको जरिबाना रकम भ्रष्टाचारीको भुँडीमा नपसोस्’, उनले लेखेका छन्, ‘नत्र त्यो भुँडी फुटाउने गैंती चलाउन नि आम्चा हाम्लाई!’

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।