ओलीलाई जवाफ दिदै प्रधानमन्त्री देउबाले भने, परमादेशकै कारण सँगै काम गर्न पायौं

ओलीलाई जवाफ दिदै प्रधानमन्त्री देउबाले भने, परमादेशकै कारण सँगै काम गर्न पायौं

सोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले परमादेशको सरकार भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई परमादेशकै कारण सँगै बसेर कम गर्ने मौका पाएको जवाफ दिएका छन् ।

शनिबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले परमादेशकै कारण संसद बचाउन सकेको र सँगै बसेर काम गर्न पाएको टिप्पणी गरे । दुई पटक प्रतिनिधिसभा विघटन गरेका निवर्तमान प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई परमादेशको सरकार भन्दै आइरहेका छन् ।

‘हुनत हाम्रो प्रतिपक्षी दलको नेताले परमादेशको सरकार भन्नुहुन्छ, यो संसद नै परमादेशबाट आएको हो, जहाँ उहाँ र हामी सँगै काम गर्न पाइरहेका छौं’ प्रधानमन्त्री देउवाले भने, ‘परमादेश नभएको भए उहाँ रु हामी सँगसँगै काम गर्न नै पाउँदैनथ्यौं, धेरै ठूलाठूला विधेयकहरु पास गर्न नै पाउँदैनथ्यौं ।’