मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 11 November 2026
FY
ब्रेकिङ DocSample: सबै डकुमेन्टको काम एकै ठाउँमा, निःशुल्क र सुरक्षित
समाचार

माधव नेपाल र राष्ट्रपति विद्यादेवी भण्डारी लाई मेयर बालेन गरे कडा प्रश्न

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले तीनकुने पार्कको विषयलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि प्रश्न गरेका छन्।

उनले कुनै बेला तीनकुने क्षेत्र राष्ट्रपति भण्डारी र माधवकुमार नेपालको चुनाव क्षेत्र रहेको भन्दै त्यहाँको समस्या ५० वर्षदेखि समाधान हुन नसकेको बताएका छन्।

उनले आफ्नो फेसबुकमार्फत् सो कुरा बताएका हुन्। काठमाडौँको तीनकुनेमा पार्क निर्माण गर्ने भनी खाली छोडिएको जग्गाको फोटो राख्दै उनले राष्ट्रपति र अध्यक्ष नेपालमाथि प्रश्न गरेका हुन्।

‘आदरणीय माधब नेपालज्यु तथा सम्माननिय रास्ट्रपति ज्यु, प्रधानमन्त्री बन्नु भयो रास्ट्रपति बन्नु भयो। आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन। अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ रु अझै दुई महिना छ, सरकार तपाइँकै हो। समस्या समाधान होस् भन्ने आशा राखेको छु।’ उनले लेखेका छन्।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।