मुख्य सामग्रीमा जानुहोस्
Monday, 5 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

बन्दसत्र हलबाट भीम रावल बाहिरिए, बन्दसत्रमा ‘वि लभ केपी बा’ भन्दै नाराबाजी

Himali Patrika 1 मिनेट पढाइ

चितवन । एमाले महाधिवेशनको बन्दसत्र हलबाट उपाध्यक्ष भीम रावल बाहिरिएका छन् । बन्दसत्र सुरु भएको केही बेरमै रावल बाहिरिएका हुन् । हलबाहिर अध्यक्ष केपी ओलीको समर्थनमा कार्यकर्ताले नारावाजी गरिरहेका छन् । उनी अध्यक्षमण्डलकाे बैठकमा सहभागी हुन बाहिरिएकाे बताइएकाे छ ।

कपा एमालेको महाधिवेशन अन्तरगत बन्दसत्र ढिला गरी सुरु हुँदा कार्यकर्ताले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा नाराबाजी गरेका छन् । अध्यक्ष ओली हलमा प्रवेश गर्नासाथ नाराबाजी सुरु भएको हो ।कार्यकर्ताले ‘वि लभ यू केपी बा’, ‘आज होइन भोलीलाई १० बर्ष अ‍ोलीलाई’, ‘पार्टी फुटाउने मतियार होसियार’ भन्दै नारा लगाइरहेका छन् । बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र राति १० बज्न लाग्दा सुरु भएको छ ।

महासचिवमा शंकर पोखरेल
नेकपा एमालेको महासचिवमा शंकर पोखरेलले बाजि मारेका छन् । जबजका व्याख्याताका रूपमा परिचित पोखरेललाई एमालेले सर्वसम्मत महासचिव निर्वाचित गरेको एमाले उच्च स्रोतले जनाएको छ । महासचिवका अर्का आकांक्षी बिष्णु पाैडेललाई उपाध्यक्षमा चयन गरिएको छ । केहीबेरमा पोखरेललाई बन्दसत्रमा महासचिव घोषणा गरिदैछ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।