मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 10 November 2026
FY
ब्रेकिङ DocSample: सबै डकुमेन्टको काम एकै ठाउँमा, निःशुल्क र सुरक्षित
समाचार

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेरलाई ‘नजरबन्द’ गराएको भन्दै केपी ओलीले गरे विरोध

Himali Patrika 1 मिनेट पढाइ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सरकारले प्रहरी लगाएर नजरबन्द गरेको भन्दै आपत्ति जनाएका छन्। बालकोटमा आइतबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले सरकारी रवैयाको विरोध जनाएका हुन्।

‘सेना पुलिस छ भन्दैमा कसैलाई ‘नजरबन्द’ गर्न पाइन्छ। लोकतन्त्रमा कसैलाई पनि ‘नजरबन्द’ गर्न पाइँदैन सेना पुलिस छ भनेर जे पनि गर्ने, घर घर्ने ?’ उनले आक्रोश पोखे।संसदबाट महाअभियोग प्रमाणित नभएपछि राणा सर्वोच्चमा जाने प्रयास गरेका थिए। त्यस प्रयासलाई ओलीले जायज भनेका छन्।

‘अभियोग पुष्टि भएन भने उहाँले के गर्ने त,’ उनले भने। प्रतिनिधिसभा निष्क्रिय भएसँगै आफूविरूद्धको महाअभियोग पनि निष्क्रिय भएको तर्क गर्दै राणाले सर्वोच्च जाने प्रयास गरेका थिए।

राणाको प्रयासपछि प्रधानन्यायाधीशको सरकारी निवास वालुवाटार र सर्वोच्च अदालतमा परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो। सरकारले षडयन्त्रपूर्वक राणाविरूद्धको महाअभियोगलाई ६ महिनासम्म झुलाएको उनले बताए।

‘प्रतिनिधिसभामा महाअभियोग दर्ता भएपछि किनारा लाग्नुपर्छ भनेर हामीले माग राख्यौँ। सत्तापक्षले गणितीय खेल खेल्यो ऊ यो गलत भयो। सत्तापक्षले विलम्ब गरेर सफाइ दियो। आफैँले खनेको खाल्डोमा सरकार आफैँ पर्‍यो,’ उनले भने। सत्ता गठबन्धनले शक्तिपृथकीकरणको सिद्धान्तविपरीतका काम गरेर न्यायालय र संवैधानिक निकायलाई ध्वस्त बनाउने काम गरेको ओलीको आरोप छ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।