भारतबाट घटेर आउँदा पनि नेपाली बजारमा घटेन पेट्रोलियम पदार्थको मूल्य

भारतबाट घटेर आउँदा पनि नेपाली बजारमा घटेन पेट्रोलियम पदार्थको मूल्य

इन्डियन आयल कर्पोरेसन (आइओसी)ले नेपाल आयल निगम लिमिटेडलाई पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएर पठाएको छ । शुक्रबार दिउँसो नै निगमले खरिद गर्ने मुख्य पेट्रोलियमको खरिद दर घटेर आए पनि नेपाली बजारका लागि निर्धारण गरिएको बिक्री मूल्य समायोजन गरिएको छैन ।

स्रोतका अनुसार शुक्रबार नयाँ खरिददर प्राप्त हुँदा पेट्रोल ६.५५ रुपैयाँ, डिजेल ४२ पैसा र हवाई इन्धन १.५० रुपैयाँ प्रतिलिटर घटेर आएको छ । ‘आइओसीले मूल्य घटाएर पठाएको छ, तर नेपाली बजारमा समायोजन गर्ने कुनै तयारी छैन,’ निगमका एक कर्मचारीले भने । पेट्रोलियम पदार्थको मूल्य बढेर आएकै दिन नेपाली बजारमा मूल्यवृद्धि गर्ने निगमले घटेर आउँदा भने स्थिर राख्ने पुरानो प्रवृत्तिलाई यसपटक पनि निरन्तरता दिएको छ ।

निगमका एक कर्मचारीका अनुसार मूल्य घटेर आए पनि आयल निगमलाई अझै घाटा छ । ‘घटेर आएको खरिददरमा विभिन्न लागत जोडेर तय भएको बिक्री मूल्यअनुसार इन्धन कारोबार गर्दा पनि निगमलाई आगामी १५ दिनसम्म १० करोड रुपैयाँ घाटा हुने देखिन्छ,’ एक कर्मचारीले भने ।

Europass CV in Nepal

विगत डेड वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यअनुसार नेपाली बजारमा मूल्य समायोजन गर्न नसक्दा आयल निगमले चरम आर्थिक नोक्सानी खेपेको छ । निगम अहिले १० अर्ब रुपैयाँ ऋण र २० अर्ब रुपैयाँ बक्यौता बोकेर बसेको छ । तेल कारोबार गर्दा लागेको ऋण र बक्यौता नतिरेसम्म नेपाली बजारमा मूल्य समायोजन गर्न नसक्ने निगमले यसअघि नै प्रस्ट पारेको थियो ।

आयल निगम स्रोतका अनुसार अहिले निर्धारण गरेको बिक्री मूल्यमा पेट्रोलमा ९.२५ रुपैयाँ नाफा छ भने डिजेलमा ५.६० रुपैयाँ प्रतिलिटर नोक्सानी छ । त्यस्तै, खाना पकाउने एलपी ग्यासमा तीन सय ७८ रुपैयाँ प्रतिसिलिन्डर नोक्सान छ । १५ दिनअघि भने पेट्रोलियम पर्दाको मूल्य बढेर आएकै दिन आयल निगमले नेपाली बजारमा मूल्यवृद्धि गरेको थियो । गत १६ भदौमा भारतबाट नयाँ खरिददर आउँदा पेट्रोल १.३९ रुपैयाँ, डिजेल ६.१२ रुपैयाँ र हवाई इन्धन .०१ रुपैयाँ प्रतिलिटर मूल्य बढेर आएको थियो । सोही दिनको राति १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र मट्टीतेलमा समान ६ रुपैयाँ मूल्यवृद्धि गरी प्रतिलिटर एक सय सात रुपैयाँ बिक्री मूल्य तय गरेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा ठूलो अन्तरले गिरावट आएको छ । साढे तीन महिनायतादेखि निरन्तर घट्दै आएको कच्चा तेलको भाउ आइतबार साँझ ८५.११ डलर प्रतिब्यारेलमा झरेको छ ।

यसअघि १२ माघमा कच्चा तेलको भाउ ८५.१२ डलर प्रतिब्यारेलमा थियो । त्यसपछि निरन्तर बढ्दै कच्चा तेलको भाउ एक सय ३९ डलर प्रतिब्यारेलसम्म पुगेर अहिले पुनः ओर्लन थालेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्दै आए पनि त्यसको लाभ नेपाली उपभोक्ताले पाउन सकेका छैनन् । नयाँपत्रिकाबाट 

Europass CV in Nepal