नदीमा बग्दै गरेका बालकको उद्धार गर्ने प्युठानका दुई विद्यार्थीलाई जनसेवाश्री पदक

नदीमा बग्दै गरेका बालकको उद्धार गर्ने प्युठानका दुई विद्यार्थीलाई जनसेवाश्री पदक

प्युठानको गौमुखी गाउँपालिका ठूलाबेसी निवासी १० वर्षीय बालक शिशिर केसीलाई झिम्रुक नदीले बगाउँदा उद्दार गरि जीवनदान गर्ने दुई किशोरलाई सरकारले जनसेवाश्री पदकबाट सम्मान गर्ने भएको छ । संविधान दिवसको अवसरमा सार्वजनिक गरिएको पदक घोषषामा उनीहरुको नाम समावेश छ । जनसेवाश्री पदकको ३७ र ३८ औं नम्बरमा उनीहरुको नाम समावेश छ ।

गौमुखी मावि ठूलावेशीमा अध्ययनरत पूजा जारगाउँ प्युठानका सुशील सुनार र चन्द्र सुनारलाई सो पदकले सम्मान गरिने भएको हो । उनीहरुले गत असारको अन्तिम साता विद्यालयबाट फर्कदै गरेको बेला नदीमा बग्दै गरेका बालकको उद्धार गरेका थिए । उनीहरु गौमुखी माविमा कक्षा ९ र १० पढ्छन् । सिस्नेअनलाइनबाट