कांग्रेसका विद्यार्थी नेता भन्छन् – टिकट दिनुपर्यो बालेन र हर्कभन्दा सक्षम युवा हाम्रै पार्टीमा छन्

कांग्रेसका विद्यार्थी नेता भन्छन् – टिकट दिनुपर्यो बालेन र हर्कभन्दा सक्षम युवा हाम्रै पार्टीमा छन्

काठमाडौँ । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले कांग्रेसभित्रै हजारौं सक्षम र काविल युवाहरू रहेको भन्दै त्यस्ता युवाहरूलाई पार्टीले पहिचान गरेर उम्मेदवार बनाउनुपर्ने माग गरेका छन् । उनले स्वतन्त्रबाट निर्वाचित काठमाडौंका मेयर बालेन्द्र शाह र धरानका मेयर हर्क साम्पाङजस्ता सक्षम र योग्य युवाहरू कांग्रेसमै रहेको दाबी गरे ।

‘बालेन र हर्कहरूभन्दा सक्षम र योग्य युवा नेतृत्व कांग्रेसमा छ, नेपाल विद्यार्थी संघबाटै त्यस्ता युवा साथीहरू उत्पादन हुनुभएको छ,’ अध्यक्ष शेर्पाले भनेका छन्, ‘पार्टीले उनीहरूको क्षमताको पहिचान गर्न सकेको छैन । आगामी निर्वाचनमा पार्टीले त्यस्ता युवाहरूलाई मौका दिनुपर्छ ।’

नेविसंघकी पूर्वमहामन्त्री महेश्वरी कुँवरको ‘संघर्षको राजनीतिमा पाल्पा’ पुस्तकको विमोचन कार्यक्रममा अध्यक्ष शेर्पाले कांग्रेसले बेलैमा समयको माग र युवाहरूको व्यग्र परिवर्तनप्रतिको आकांक्षालाई बुझेर सक्षम युवाहरूलाई उम्मेदवार बनाउनुपर्ने बताए । उनले पार्टीले समयअनुसार युवा नेताहरूलाई मौका नदिए ठूलो क्षति हुन सक्नेतर्फ समेत नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।