मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 10 November 2026
FY
ब्रेकिङ DocSample: सबै डकुमेन्टको काम एकै ठाउँमा, निःशुल्क र सुरक्षित
समाचार

मलाई धेरै ठाउँबाट तानातान भयो, देशकै नेता हुन समानुपातिक रोजेँ : महरा

Himali Patrika 1 मिनेट पढाइ

३ असाेज, काठमाडौं। माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले समानुपातिक रोज्नुभएकाे छ । आफ्नै र समग्र पार्टीकै चाहनाअनुसार आफू समानुपातिकतिर गएको महराले जानकारी दिनुभयाे ।

उहाँले भन्नुभयाे, ‘मलाई धेरै ठाउँबाट सिफारिस गरे। रोल्पा, दाङ-१, दाङ- २ जताततै तान्न थालेपछि म देशैको नेता हुन्छु भनेर समानुपातिकमा बसें।’ आफू चारपटक प्रत्यक्ष चुनाव लडेको र एकपटक मनोनित भएको उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे ‘पाँचपटक लडिसकेँ। समानुपातिकमा बसेको छैन।’
महरा समानुपातिककाे १ नं मा हुनुहुन्छ ।

महरा २०४८ मा रोल्पा- २, २०६४ मा दाङ-३, २०७० मा रोल्पा-१ र २०७४ मा दाङ-२ बाट प्रतिस्पर्धा गर्नुभएकाे थियाे । सबै निर्वाचनमा उहाँ विजयी हुनुभएकाे थियाे । उहाँ २०६३ माघमा गठन भएको अन्तरिम व्यवस्थापिकाको पनि सदस्य हुनुहुन्थ्यो ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।