पूर्वमाओवादीका ३ जनाको नेताको नाम एमाले पदाधिकारीमा प्रस्ताव, ओलीलाई रावलको चुनौती

पूर्वमाओवादीका ३ जनाको नेताको नाम एमाले पदाधिकारीमा प्रस्ताव, ओलीलाई रावलको चुनौती

एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व माओवादीका ३ नेताको नाम पदाधिकारीमा प्रस्ताव गरेका छन् । गए रातिको बन्दसत्रमा ओलीले रामबहादुर थापा बादल, लेखराज भट्ट र टोपबहादुर रायमाझीको नाम नाम प्रस्ताव गरेका हुन् । ओलीले सो नाम हलमा प्रस्ताव गरेसँगै उनीहरुले सोही अनुसार आफ्नो मनोनयन दर्ता गराउनुपर्नेछ । सो सबै पदमा चुनाव हुने भएको र हलबाट अनुमोदन नभएकाले मनोनयन दर्ता गराउनुपर्ने भएको हो ।

ओली बादललाई उपाध्यक्ष बनाएका छन् भने भट्ट र रायमाझीलाई सचिव बनाएका छन् । उनीहरु तत्कालीन नेकपा विभाजित भएपछि माओवादीतिर नगरेर एमाले​मै बसेका थिए । अर्का नेता प्रभु साहलाई पनि केन्द्रीय समिति सदस्यमा प्रस्ताव गरिएको छ ।

एमाले अध्यक्षमा ओलीलाई चुनौति दिँदै भीम रावलले उपाध्यक्षमा घनश्याम भुसालले दावी गरेपछि तथा उनीहरुले चुनावी प्रक्रियामा जानुपर्ने बताएपछि निर्वाचन कार्यक्रम तय गरेर मतदानमा जान लागिएको हो ।

Europass CV in Nepal

ओलीलाई रावलको चुनौती

महाधिवेशन प्रतिनिधिलाई आफ्नो विवेक प्रयोग गर्न नदिइ सर्वसम्मतिको नाममा पदाधिकारीसहित आफू अनुकुलको केन्द्रीय कमिटी घोषणा गरे पनि अध्यक्ष केपी शर्मा ओलीले अन्तत: प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

ओलीलाई निर्विकल्प अध्यक्ष बनाउन खोजिए पनि भीम रावलले त्यसमा असहमति राख्दै अध्यक्षमा उम्मेदवारी दिने भएपछि एमाले महाधिवेशनमा अध्यक्ष पदमा पनि निर्वाचन हुने स्थिति आएको हो ।

अध्यक्ष ओलीले आइतबार मध्यरातसम्म सहमतिको कोसिस गरे पनि लोकतान्त्रिक प्रक्रिया भन्दा बाहिर गएर भएको निर्णयमा आफ्नो असहमति रहने भन्दै रावलले विधि र प्रक्रियाको कुरा उठाएपछि ओलीको सर्वसम्मत बन्ने प्रयासमा धक्का लागेको हो । सोमबार बिहान मनोनयन दर्ताको कार्यक्रम छ । त्यहाँ अध्यक्षमा रावलले उम्मेद्वारी हाल्दैछन् । आइतबार मध्यरात नै उनले फारम लगेर भरिसकेका छन् ।

अब अध्यक्ष ओलीले प्रस्ताव गरेको पदमा संख्या भन्दा बढी उम्मेदवार परे ती पदहरूमा चुनाव हुन्छ । नेता घनश्याम भुसाल पनि सहमतिको प्रस्तावमा समेटिएका छैनन् । त्यसैले उनले पनि उपाध्यक्षमा उम्मेदवारी दिने सम्भावना छ । उनले उम्मेदवारी दिए उपाध्यक्ष पदमा पनि निर्वाचन हुन्छ । केन्द्रीय सदस्यहरूमा पनि धेरै आकांक्षीको नाम छुटेको छ । त्यसैले ती पदमा पनि निर्वाचन हुने सम्भावना छ । नेता सुवासचन्द्र नेम्बाङका अनुसार आवश्यक संख्या भन्दा बढी भएका पदमा निर्वाचन हुन्छ । ‘क्लष्टर भन्दा बढी उम्मेदवारी पर्‍यो भने चुनाव हुन्छ’ उनले कान्तिपुरसँग भने ।

Europass CV in Nepal