चर्चित गायक मुरलीधर पनि चुनाव लड्ने, काठमाडौंमा पार्टी प्रवेश

चर्चित गायक मुरलीधर पनि चुनाव लड्ने, काठमाडौंमा पार्टी प्रवेश

काठमाडौं । अभिनेता एवम् गायक मुरलीधर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । आइतबार काठमाडौंमा मुरलीधरलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी प्रवेश गराएका हुन् ।

नेपाली र भारतीय चलचित्रहरूमा अभियन गरेका मुरलीधर राप्रपामा प्रवेश गरेर प्रतिनिधि सभातर्फ उम्मेदवार बन्ने तयारी गरेका छन् । राप्रपाले मुरलीधरलाई सिराहाबाट उम्मेदवार बनाउने तयारी गरेको छ । मुरलीधर कुनै निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने हुन् खुलाइएको छैन ।

अध्यक्ष लिङ्देनले मुरलीधर जस्तो लोकप्रिय गायकलाई राप्रपामा स्वागत गर्दा आफू उत्साहित भएको बताएका छन् । कमल थापाले राप्रपा छाडेर गएपछि लिङ्देनले पार्टीलाई असल नेतृत्व दिएका छन् । केही दिन अगाडि मात्रै राप्रपामा रविन्द्र मिश्र पनि पार्टी प्रवेश गरेका थिए । कमल थापाले राप्रपा नेपाल बनाएर एमालेसँग गठबन्धन गरेर निर्वाचनमा जाने तयारी गरेका छन् ।