मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 10 November 2026
FY
ब्रेकिङ DocSample: सबै डकुमेन्टको काम एकै ठाउँमा, निःशुल्क र सुरक्षित
समाचार

डेंगी नियन्त्रणका लागि सरकारले केही गरेन: गगन थापा

Himali Patrika 1 मिनेट पढाइ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले डेंगी नियन्त्रणका लागि केही नगरेको गुनासो गरेका छन्। मंगलबार नेपाल चिकित्सक संघ दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले कोभिडको महामारीबाट सरकारले केही नसिकेको टिप्पणी गरेका छन्। केन्द्रीय मात्रै नभई स्थानीय सरकारले समेत डेंगी नियन्त्रणका लागि प्राथमिकता दिन नसकेको बताए।

उनका अनुसार काठमाडौंमा सिमित रहेको डेंगी रोग देशभर फैंलिने क्रममा रहेको उल्लेख गर्दै महामन्त्री थापाले त्यसको नियन्त्रणका लागि तीन वटै तहका सरकारले गम्भिरतापूर्वक काम गर्नुपर्ने बताए।

‘कोभिडबाट अहिले डेंगीको बेलामा आउँदाखेरी खासै धेरै कुराहरू सिक्न सकेनौं। यत्रो ठूलो प्रकोपको रुपमा आइसकेपछि यो खाली स्वास्थ्य मन्त्रालयको मात्रै विषय होइन। हामीसँग रातारात आपतकालीन समयमा काम गर्ने संरचनाहरू छ कि छैन?,’ उनले सोधे, ‘यो काठमाडौंमा मात्रै सिमित भएको कुरा देशभर फैल्ने क्रममा जुन छ। कोभिडबाट सिकेर सरकारले आवश्यक तयारी नगरेको देखियो।’

उनले थपे, ‘कोभिड लगत्तै सरकारको निर्णय, त्यतिबेलाको बजेट आदिलाई हेर्ने हो भने पनि सरकारले स्वास्थ्य संरचनाहरूको निर्माणमा खासै चासो दिएको देखिएन वा सिक्न चाहेन।’

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।