मुख्य सामग्रीमा जानुहोस्
Saturday, 12 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
समाचार

केपी ओलीका यी दुइ विश्वासपत्रहरु परेनन् पदाधिकारीको सुचिमा

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं। नेकपा एमालेको दशौं महाधिवेशनमा रातभर चलेको बन्दसत्रमा केपी शर्मा ओलीले पदाधिकारीको टिम सार्वजनिक गरेका छन्। तर, अध्यक्ष ओलीको विश्वासपात्र मानिने दुई नेता पदाधिकारीमा अटाउन सकेनन्। पूर्वमाओवादीका नेताहरुको व्यवस्थापन गर्नुपर्ने तथा अन्य आकांक्षी समेत धेरै भएपछि ओलीका विश्वास पात्र मानिने गोकुल बाँस्कोटा र महेश बस्नेत पदाधिकारीमा नअटाएका हुन्।

ओलीले बन्दसत्रमा पदाधिकारीको नामावली प्रस्तुत गर्दा बाँस्कोटा र बस्नेतको नाम उच्चारण गरेनन्। उनीहरु दुबै सचिवका दावेदार थिए भने चुनाव चुनावी लबिङमा समेत उत्रिसकेका थिए।

ओलीले पदाधिकारीहरुमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ जनाको नाम प्रस्ताव गरेका थिए। अध्यक्षमा केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल तथा उपाध्यक्षहरुमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा (बादल), विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङको नाम अनुमोदन भएको छ।

यस्तै, महासचिवमा शंकर पोखरेलको नाम अनुमोदन भएको छ। उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमालको नाम अनुमोदन भएको छ। सचिवहरुमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम अनुमोदन भएको छ। अघि बन्दसत्रमा केन्द्रीय कमिटीका ३०१ जनाको नाम पेस भएको थियो।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।