नयाँ दिल्ली। भारतका लोकप्रिय हाँस्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ । नयाँ दिल्ली नयाँ भारत मेडिकल विज्ञान (Aiims) मा आफ्नो अन्तिम सास लिएको भारतीय संचारमध्यमहरुले बताएका छन् । श्रीवास्तवलाई १० अगस्तमा हृदयघात भएपछि ऐयम्समा भर्ना गरिएको थियो।
राजु श्रीवास्तव दिल्ली स्थित एम्स अस्पतालमा लाइफ सपोर्ट सिस्टममार खिएको थियो । भेन्टिलेटरको सहायतामा १५ दिनपछि हास्यकलाकार होशमा आएका थिए । तर, सेप्टेम्बर १ मा उनलाई १०० डिग्री ज्वरो आएपछि फेरि भेन्टिलेटर सपोर्टमा राखिएको थियो ।
भारतीय सञ्चारमाध्यम इन्डियाडटकमका अनुसार दिल्लीस्थित एम्स अस्पतालमा उनको निधन भएको हो । मुटुमा धेरै अवरोध भएको रिपोर्ट आएपछि दिल्ली एम्सका चिकित्सकको टोलीले राजुको एन्जियोग्राफी गर्ने निर्णय गरेको थियो ।
तर, उनको स्वास्थ्यमा सुधार आएको थिएन । आखिर विगतदेखि भेन्टिलेटरमा मृत्युसँग लडिरहेका राजु श्रीवास्तवले आज संसार त्यागेका छन्। राजु श्रीवास्तवको निधनको खबर सार्वजनिक भएदेखि नै शोकको लहर छाएको छ । उनका फ्यानहरुले राजुप्रती श्रद्धाञ्जली व्यक्त गरेका छन् ।





