मुख्य सामग्रीमा जानुहोस्
Saturday, 10 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

अदालतप्रति बालेनको आक्रोश : टुकुचालाई खोला भन्न नसक्ने भए नेपाललाई कसरी देश भनी प्रमाणित गर्नुहुन्छ ?

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले अदालतको आदेशप्रति टिप्पणी गरेका छन् । केही दिनअघि उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनाइएका संरचना नभत्काउन महानगरविरुद्ध ‘स्टे अर्डर’ दिएको विषयलाई लिएर बालेनले सामाजिक सञ्जालमा टिप्पणी गरेका हुन् ।

‘फेरि पनि नदिमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ’, उनले फेसबुकमा लेखेका छन्, ‘अदालतले टुकुचा (इच्छुमती ) नदिलाई खोला भन्न सक्दैन भने नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ ?’

टुकुचामाथि संरचना बनाएर व्यवसाय गरिरहेका केही व्यवसायीले उच्च अदालत पाटनमा महानगरको गतिविधिविरुद्ध अन्तरिम आदेश माग गर्दै निवेदन दिएका थिए ।यसअघि नर्भिक अस्पतालको संरचना नभत्काउन भन्दै सर्वोच्चले आदेश जारी गरेपछि ब्याक भएका बालेनले त्यसको पूर्ण फैसलाको प्रतिक्षामा छन् । त्यही क्रममा बालेनले अदालतको मानहानी गरेको भन्दै सर्वोच्चले लिखित जवाफ पनि मागेको थियो ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।