मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 11 November 2026
FY
ब्रेकिङ DocSample: सबै डकुमेन्टको काम एकै ठाउँमा, निःशुल्क र सुरक्षित
समाचार

बालेनको सपनामा तुसारापात : उच्च अदालतले दियो टुकुचा मिच्नेका घरमा क्षति पुग्ने काम नगर्न आदेश

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौँ।  काठमाडौँ उपमानगरपालिकाका प्रमुख बालेन साहको सपनामामाथि अदालतले डोजर चलाएको छ। टुकुचा मिचेर बनाएका अबैध संरचना भत्काउन डोजर चलाउँदै हिडेका मेयर साहलाई उच्च दलतले तत्काल रोक्न निर्देशन दिएको हो ।

उच्च अदालत पाटनले काठमाडौंको हात्तिसार क्षेत्रका जमिन र त्यसमाथि बनेका संरचनामा क्षति पुग्नेगरि कुनै पनि काम नगर्न/नगराउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ।

सेतोपाटीका अनुसार  हात्तिसार क्षेत्रका शारदा मानन्धर, किरण प्रकाश शाखसहित २१ घरधनीले दिएको रिटमाथि सुनुवाई गर्दै बुधबार न्यायाधीश किरण पोखरेलको इजलासले उनीहरूको जग्गाजमिनमाथि कुनै क्षति पुग्ने काम नगर्न अल्पकालिन आदेश दिएको हो।

उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलका अनुसार उक्त आदेश निरन्तरता दिने वा नदिने निर्णय गर्न असोज २६ गते दुवै पक्षलाई अदालतमा बोलाएको छ। छलफलमा आउँदा टुकुचा खोला उत्खनन् गर्ने निर्णय सम्बन्धी कागजात समेत ल्याउन भनेको छ। मंगलबार २१ जनाले आफ्नो जमिनमा बनेका घर टहरामा डोजर लगाउने महानगरविरूद्ध रिट दिएका थिए।

‘कानुन बमोजिम नक्सा पास गरि घर निर्माण भएको देखिएको हुँदा नक्सा पास भएका घर र जग्गालाई क्षति पुग्नेगरि कुनै कार्य नगर्नू/नगराउनू भनी विपक्षीका नाउँमा अल्पकालिन अन्तरिम आदेज जारी गरिदिएको छ,’ उच्च अदालत पाटनको आदेशमा भनिएको छ, ‘सो अल्पकालिन आदेशलाई निरन्तरता दिने वा नदिने सम्बन्धमा विपक्षीहरू (महानगर) को समेत कुरा सुन्नुपर्ने भएकाले दोहोरो छलफलको लागि असोज २६ गते पेशी तोकी सो सम्बन्धमा कुनै निर्णय भएको भए निर्णयसँग सम्बन्धीत कागजात फाइल ल्याउनू।’

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।