स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मिया सर्वोन्द्र खनालसँगै एमाले प्रवेश

स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मिया सर्वोन्द्र खनालसँगै एमाले प्रवेश

काठमाडौं । अब्दुस मिया काठमाडौं क्षेत्र नम्बर ६ मा स्वतन्त्र चुनाव लड्ने चर्चा थियो । चर्चा चलिरहेकै बेला उनी बिहिबार नेकपा एमाले प्रवेश गरेका छन् । पूर्व प्रहरी महानिरीक्षक सर्वोन्द्र खनालसँगै मियाँ पनि एमाले प्रवेश गरेका छन् । उनीहरुलाई बिहीबार एमाले कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले एमाले प्रवेश गरेका हुन् । मिया यसअघि साझा विवेकशील पार्टीमा सक्रिय थिए ।

यो पनि : अमेरिकी राजदूत भन्नुहुन्छ “नेपाललाई कहिल्यै बिर्सन सक्दिन” : कमलविनायकस्थित सरस्वती विद्यागृहदेखि नजिकै उत्तरतर्फको गल्लीसम्म बाँसको खम्बामा लहरै ठूलाठूला पहेँलो कपडाको झण्डा झैँ देखिने तोरणले सिँगारिएको छ । गल्ली छिर्नेबित्तिकै काठ र दाँची अप्पालगायतका पुराना इँटाले बनेको चारतले ठूलो विशाल भवन देखिन्छन्।भवनको मूल ढोकाबाट छिर्नेबित्तिकै लहरै बसेका कालीगढ हातमा छिना र हथौडा लिएर ढुङ्गामा विभिन्न देवीदेवताको मूर्ति कोर्दै गरिरहेका देखिन्छन् । आँगनका बीचमा पलेटी मारेको बुद्धको मूर्तिसँगै विशालरुपमा उभिएको एक ऋषिको ठूलो मूर्ति, वरपर भित्तामा विभिन्न देवीदेवता, ऋषिमुनि र नेपाली कला तथा संस्कृति झल्कने मूर्ति टपक्क बसेका देखिन्छन् ।

मूल ढोकाबाट भित्र पसेदेखि नै मूर्तिको सङ्ग्रहालयमा छिरे जस्तै अनुभूति गराउँछ यहाँको दृश्यले । भवनको प्रत्येक कुनामा विभिन्न देवीदेवताका ढुङ्गाका आकर्षक मूर्ति छन्। पाँचौँ तलासम्म काठको भ¥याङ उक्लँदै जाँदा कुना र भित्तामा राखिएका ढुङ्गाका आकर्षक मूर्ति र कोठामा लहरै खोपीमा राखिएको अरु मूर्तिले नेपालको सिङ्गो सम्पदालाई यहीँ भवनले झल्काइरहेको आभास हुन्छ ।

मूर्ति सङ्ग्रहालय झैँ लाग्ने नेपाल भोकेसनल एकेडेमीको यो भवन प्रवेश गरेसँगै दङ्ग पर्नुभयो नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरी । नेपालबाट हराएर अमेरिका पुगेका मूर्ति नेपालमै फिर्ता गर्न र नेपाली सम्पदाको संरक्षणमा महत्वपूर्णसहयोग पु¥याएको खुसियालीमा आरपी फाउण्डेसनले आफ्नो सम्मानमा आयोजना गरेको अभिनन्दन कार्यक्रममा सहभागी हुनुभएका राजदूत बेरी ढुङ्गाका आकर्षक मूर्तिकलाको अनुपम नमूना देखेर छक्क पर्दै केहीबेर त्यहाँका दृश्यमै हराउनुभयो ।