मुख्य सामग्रीमा जानुहोस्
Saturday, 10 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

अनु थिङसंग लगनगाँठो कस्दै अभिनेता बुद्धि तामाङ ‘हैट’ !

Himali Patrika 1 मिनेट पढाइ

कलाकार बुद्धि तामाङकाे विवाह हुने भएकाे छ। नेपाली फिल्म क्षेत्रमा ‘हैट’ उपनामले चिनिने तामाङकाे विवाह मकवानपुरकी अनु थिङ तामाङसँग शुक्रबार हुने निश्चित भएको हो। उनका नजिकका साथीहरुका अनुसार अभिनेता तामाङ र प्रेमिका थिब केही समय यता प्रेम सम्बन्ध रहेका थिए।

विशेषगरी हाँस्यकलाकारकाे रुपमा चिनिने तामाङले रंगमञ्च मार्फत अभिनय यात्रा सुरु गरेका हुन्। उनले अभिनय गरेका ‘कबड्डी, छक्का पञ्जा, टलकजङ भर्सेस टुल्के, घामपानी, नाइ नभन्नु ल, वीर बिक्रम, जय भोले, वडा नम्बर–६’ लगायतका थुप्रै चलचित्र सुपरहिट छन्।

काभ्रेको तेमाल गाउँपालिका–३ कुडवालमा जन्मिएका तामाङ चलचित्रको अलावा सयौँको संख्यामा म्युजिक भिडियो तथा नाटकमा समेत अभिनय गरिसकेका छन्। उनी झण्डै २ दशकदेखि कला क्षेत्रमा सक्रिय छन्।

तामाङ विधि अनुसार विवाह हुने विवाहको कुरामा सयम आएपछि हुन्छ नि भनेर पन्छिने गरेका अभिनेता तामाङको थिबसँग तामाङ विधि (संस्कार तथा परम्परा) अनुसार नै विवाह हुने छ। तामाङ संस्कार अनुसार राजी भएका केटीले सगुन पोङ छुनु पर्दछ। त्यस पश्चात् पोङमा रहेको सगुन बुबा वा माइतीलाई बुझाउनु पर्ने हुन्छ। अभिनेता तामाङले प्रेमिका थिबको घरमा पुगेर केही दिनअघि तामाङ परम्पराअनुसार सगुन पोङ राखेका थिए।

पोङको सगुन केटा केटीले ग्रहण गरेपछि दुलाह र दुलाही दुवै पक्षको अनुकुलतामा विवाहको साइत हेरेर केटीलाई केटाको घरमा लाने प्रचलन छ। सोही विधि अनुसार शुक्रबार अर्थात ७ गते विहे हुँदैछ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।