मुख्य सामग्रीमा जानुहोस्
Friday, 9 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

आजबाट विश्वभर एकसाथ प्रदर्शन भयो फिल्म ‘प्रेमगीत ३’

Himali Patrika 1 मिनेट पढाइ

बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत ३’ शुक्रबारबाट प्रदर्शनमा आएको छ। नेपाली र हिन्दी संस्करणमा फिल्म भारतलगायत विश्वभर एकसाथ प्रदर्शनमा आएको हो। यो फिल्म विश्वभर १२ सय पर्दामा लागेको छ। नेपालमा भने ‘प्रेमगीत ३’ को हिन्दी संस्करण घटस्थापनाबाट मात्रै प्रदर्शनमा आउनेछ। योसँगै हलिउड फिल्म ‘अवतार’ पुनः प्रदर्शनमा आएको छ।

फिल्म ‘प्रेमगीत ३’लाई स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले संयुक्त निर्देशन गरेका हुन्। प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।

विश्वभर कीर्तिमानी कमाई गरिसकेको फिल्म ‘अवतार’ पनि फिल्म हलमा आजबाट प्रदर्शनमा आएको छ। सन् २००९ को हिट फिल्म ‘अवतार’ पुनः प्रदर्शन भएको हो। जेम्स क्यामराेनले निर्देशन गरेकाे फिल्ममा साम वर्थिंगटन, जो साल्डाना, स्टीफन लांग, मिशेल रोड्रिग्जलगायत कलाकारको अभिनय छ। पुस १ गते दोस्रो सिक्वेल प्रदर्शन हुने भएसँगै दर्शकलाई पहिलो भाग देखाउने उद्देश्यले फिल्मलाई पुनः प्रदर्शन गरिएको हो।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।