मुख्य सामग्रीमा जानुहोस्
Monday, 5 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

लालबाबु पण्डितद्वारा केन्द्रीय सदस्य अस्वीकार, एमालेको कार्यकारी पदमा नबस्ने घोषणा

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । एमाले नेता लालबाबु पण्डितले पार्टीको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले हिजो प्रस्ताव गरेका ३०१ केन्द्रीय सदस्यको सूचीमा उनको नाम थियो ।

पण्डित एमालेको उपाध्यक्ष पदका आकांक्षी थिए । तर, सो पदमा ओलीले नसमेटेपछि उनी असन्तुष्ट बनेका हुन् । नेपाल प्रेससँगको कुराकानीमा पण्डितले आफू केन्द्रीय सदस्यमा नबस्ने बताए । ‘म एमालेको केन्द्रीय सदस्य रहन्न’ उनले भने, ‘यो विषयमा पार्टीलाई पनि जानकारी गराइसकेको छु ।’

उपाध्यक्ष पदको आकांक्षी भएर पनि किन उम्मेदवारी दिनुभएन भन्ने प्रश्नमा पण्डितले भने, ‘यो विषयमा अहिले कुरा नगरौं ।’

पण्डितले सामाजिक सञ्जालमा पनि आफू पार्टीको कार्यकारी पदमा नरहेको घोषणा गरेका छन् । उनले आजैदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको बताउँदै दसौं महाधिवेशनबाट विजयीहरूलाई शुभकामना दिएका छन् ।

पोखरेल महासचिव, श्रीमती र बहिनी एमाले केन्द्रीय सदस्य

एमालेका निवर्तमान अध्यक्ष केपी ओलीले सोमबार बिहान बन्दसत्रमा प्रस्ताव गरेको तीन सय एक सदस्यीय केन्द्रीय कमिटीमा एकै घरका तीन जना परेका छन् । ओलीले शंकर पोखरेललाई महासचिव बनाएका छन् । ओलीले शंकरकी श्रीमती सुजिता शाक्य र बहिनी मेनका पोखरेललाई केन्द्रीय सदस्य बनाएका छन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।