मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 15 September 2026
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

अराजक समूहको उदाहरण भनेको काठमाडौँका मेयर बालेन साह र रवि लामिछाने हुन् : एमाले नेता महेश बस्नेत

Himali Patrika 1 मिनेट पढाइ

७ असोज, काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले सामाजिक सञ्जालको दुरुपयोग गरी युवाहरुमा भ्रम छर्ने काम भइरहेको आरोप लगाएका छन् राष्ट्रिय युवा संघको प्रचार भेलामा नेता बस्नेतले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी विभिन्न समूहले युवाहरुमा भ्रम छरेको भन्दै युवा संघले निराशाको भ्रम छर्ने समूहलाई परास्त गर्नु पर्ने बताए ।

‘अराजक समूह अहिले भौतिक रुपमा वा साइवरमार्फत माओवादीे, वाईसीएल, कांग्रेस, नेविसंघ, भीम उपध्याय भएर, खगेन्द्र संग्रौला, बालेन साहहरु भएर र रवि लामिछानेहरु भएर विभिन्न रङ्गीचङ्गी कुराहरु बोकेर प्रकट हुन्छन्,’ उनले भने ।

नेता बस्नेतले नेपालमा राजनीतिक अस्थिरता फैल्याउन पार्टीका नेता कार्यकतालाई समाप्त पार्नेगरी महाशक्ति राष्ट्रका खेताला र गोठालाहरु उत्पादन गर्न विभिन्न समूह लागेको बताए । नेता बस्नेतले आगामी निर्वाचनलाई लक्षित गरी एमाले माथि जथाभावी आक्रमण भइरहेको बताए । नेता बस्नेतले आफूलाई नक्कली आइडीमार्फत ८ हजार १ सय जनाले गाली गर्ने गरेको बताए ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।