नवलपुर जिल्ला अदालतले गरेको फैसलाको पूर्णपाठ – नायकले वास्तविक दुनियाँमा पनि नायकीपन प्रस्तुत गर्नुपर्छ

नवलपुर जिल्ला अदालतले गरेको फैसलाको पूर्णपाठ – नायकले वास्तविक दुनियाँमा पनि नायकीपन प्रस्तुत गर्नुपर्छ

काठमाडौं । नवलपुर जिल्ला अदालतले अभिनेता पल शाहविरुद्धको मुद्दामा गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । गत भदौ २१ गते जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले नाबालिकामाथि बलात्कारको मुद्दामा पललाई सफाइ दिएको थियो भने बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद सजाय सुनाएको थियो । यस्तै पीडित नाबालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको थियो ।

पूर्णपाठमा अदालतले स्टारडमको महत्वबारे पनि प्रकाश पारेको छ । आफू स्टार हुँ भन्ने एउटा वयस्क व्यक्तिले पर्दामा मात्र होइन, वास्तविक दुनियाँमा पनि नायकीपन प्रस्तुत गर्नुपर्ने अदालतले फैसलाको पूर्णपाठमा उल्लेख गरेको छ ।

फैसलाको पूर्णपाठ आएसँगै उच्च अदालत पोखरामा यसविरुद्ध पुनरावलोकन गर्ने तयारी भएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले अनलाइनखबरलाई जानकारी दिए । दशैंपछि पुनरावेदन दिने तयारीमा आफूहरु रहेको उनले बताए ।