मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

आफ्नै वकिलसँग डेटिङमा जोनी डीप

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । हलिउड अभिनेता जोनी डीप पूर्वपत्नी एम्बर हर्डसँगको विवादले चर्चा रहे । अदालतले उनको पक्षमा फैसला पनि गर्‍यो । उनलाई न्यायिक प्रक्रियामा साथ दिने कानुन व्यवसायी क्यामिली भास्केजसँग उनको अफेयरको चर्चा पनि चल्यो ।

भास्केजसँगको अफेयरको हल्ला सेलाउन नपाउँदै डीपको रोमान्टिक जीवनलाई लिएर नयाँ खबर छ । अभिनेता डीप र अर्की कानुन व्यवसायी जोएली रिचबीच अफेयर चलिरहेको हलिउड सञ्चारमाध्यमले जनाएका छन् ।

जोएली अभिनेता डीपलाई कानुनी प्रक्रियामा सघाउनेमध्येकी एक वकिल हुन् । यसअघि क्यामिलीसँग डेटिङको चर्चा चलेपछि उनले आफ्नो अफेयर अरु कसैसँग रहेको प्रष्टीकरण दिएकी थिइन् ।

यूए म्यागजिन लेख्छ, ‘उनीहरुको केमेस्ट्री गज्जबको छ । उनीहरु सम्बन्धमा गम्भीर देखिन्छन् । उनीहरु वास्तविक कुराहरुसँगै अघि बढेका छन् ।’ उनीहरुले रोमान्सको सुरुवातमा होटलमा डेट गरेको समेत जनाइएको छ ।

तर अधिवक्ता जोएली अभिनेत्री एम्बर हर्डसँगको न्यायिक प्रक्रियामा सामेल थिइनन् । उनी यो वर्षको सुरुवातमा भर्जिनिया अदालतमा कार्यरत थिइन् । जोनीलाई भेट्ने क्रममा जोएली विवाहित थिइन् ।जोनीसँगको अफेयरमा आएपछि उनी पतिलाई डिभोर्स दिने तयारीमा रहेको जनाइएको छ । जोएलीका दुई सन्तान छन् ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।