मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

भीम रावलले ‘नाइँ मलाई त्यही केटी चाहिन्छ’ भनेजस्तो गर्नुभयो : महेश बस्नेत

Himali Patrika 1 मिनेट पढाइ

नेकपा एमालेका युवा नेता महेश बस्नेतले पार्टीको दशौं महाधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने सन्दर्भमा भीम रावल, घनश्याम भुसालसहितका केही नेता बाधक बनेको टिप्पणी गरेका छन् ।

सोमबार बिहान पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गर्नुअघि बस्नेतले महाधिवेशन स्थलमा रातोपाटीसँग कुरा गर्दै केही पदमा निर्वाचनका माध्यमबाट नेतृत्व चयन गर्ने भए पनि पार्टीले लगभग सर्वसम्मत रुपमै नेतृत्व चयन प्रक्रिया टुङ्ग्याएको बताए ।

उनले भीम रावललाई उपाध्यक्षमा रहन प्रस्ताव गरिए पनि नमानेका कारण अध्यक्ष पदमा सर्वसम्मत हुन नसकेको बताए । ‘भीम रावल कमरेडलाई हामी सबैले, सिंगो हलले उपाध्यक्षमा बस्नुस् भन्ने अनुरोध गरियो । अध्यक्ष पछाडिको दोस्रो महत्वपूर्ण पद उपाध्यक्ष हो,’ उनले भने, ‘उहाँको अध्यक्ष हुने सम्भावना छैन ।

अध्यक्षमा उठेर हारेर राजनीतिलाई विसर्जन गर्न चाहन्छु, मलाई यति पनि मौका दिनुहुन्न भन्ने ढंगले उहाँको प्रस्तुति रह्यो ।’रावलले ‘धेरै तयारी गरिसकेँ, म ब्याक हुन सक्दिन’ भनेको उल्लेख गर्दै बस्नेतले रावलको त्यो शब्द महाधिवेशन प्रतिनिधि साथीहरुले मन नपराएको पनि बताए ।

क्षेत्री स्वभाव कडा कडा हुने भएकाले पनि रावलले सहमतिमा आउन नचाहेको हुन सक्ने बस्नेतको भनाइ थियो ।केपी ओली नै अध्यक्ष बन्नुपर्छ भन्ने सिंगो महाधिवेशन प्रतिनिधिको चाहना देखिएको भन्दै बस्नेतले अर्को मान्छेले म अध्यक्ष नभई छोड्दिनँ भन्नु ‘नाइँ मलाई त्यही केटी चाहिन्छ’ भनेजस्तो रहेको बताए ।घनश्याम भुसालले पनि ‘हामीलाई हार्न दिनुहोस्’ भनेर चुतावमा जान माग गरेको उनले बताए ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।