मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 15 September 2026
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

टावरमा रहेको अरिँगालले विद्युत् जडान गर्न नदिएपछि प्राधिकरणले खोज्यो अरिँगाल पोल्ने मान्छे

Himali Patrika 1 मिनेट पढाइ

काठमाण्डाै ।  अरिँगालको गोलोका कारण काठमाण्डौको मातातीर्थ–हेटौँडा १३२ केभी विद्युत् प्रसारण लाइनको काममा समस्या भएको छ ।

मातातीर्थमा निर्माण भएको अग्लो टावरमा कालो अरिँगालले गोलो लगाएका कारण जम्पर (टावरमा तार जोड्ने मूख्य ठाउँ) जडान गर्न नसकिएको काठमाण्डौ ग्रिडका प्रमुख विनोद लोहनीले उज्यालोलाई जानकारी दिनुभयो । अरिँगाल पोल्नको लागि उहाँले मान्छेको समेत खोजी गर्नुभएको छ । अहिलेसम्म धेरैजना सम्पर्कमा आए पनि टावर अग्लो भएको कारण पोल्न नसकिने बताएको उहाँले बताउनुभयो ।

‘धेरैले सम्पर्क गरे पनि सकिन्न भन्दै फर्किए, अहिले २ जना सम्पर्कमा आएर रातिको समयमा पोल्ने भनेका छन्, आशा छ राति अरिँगाल पोलेर भोलि बिहान तार जडानको काम सुरु हुन्छ होला ।’ लोहनीले भन्नुभयो ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।