मुख्य सामग्रीमा जानुहोस्
Thursday, 12 November 2026
FY
ब्रेकिङ DocSample: सबै डकुमेन्टको काम एकै ठाउँमा, निःशुल्क र सुरक्षित
समाचार

टेलिकमको चाडपर्वलाई लक्षित विशेष अफर : अब २ सय ९४ रुपैयाँमा २० जीबी डाटा

Himali Patrika 1 मिनेट पढाइ

काठमाण्डाै ।  नेपाल टेलिकमले चाडपर्वलाई लक्षित गरी विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज बोनस अफर ल्याएको छ । असोज ९ गतेदेखि २३ गतेसम्म लागू हुनेगरी टेलिकमले विभिन्न बोनस तथा अफर ल्याएको हो ।

डाटा प्याक अन्तर्गत २ सय ९४ रुपैयाँ मा २० जीबी डाटा १० दिनभित्र र ९८ रुपैयाँमा मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा ४९ रुपैयाँ मा उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिने नेपाल टेलिकमले जनाएकाे छ ।

यसैगरी अफर प्राप्त हुने अवधिमा रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध हुनेछ । २ सय रुपैयाँ देखि ४ सय ९९ रुपैयाँ सम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५ सय एमबी र ५ सय रुपैयाँ भन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने एक हजार २४ एमबी डाटा प्याक उपलब्ध हुनेछ । यसैगरी पहिलो पटक भोल्टेसेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने २ सय मिनेटको निशुल्क भोल्टे सेवा पनि उपलब्ध गराइएको छ ।

यी प्याकेजहरु प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्ने तथा नेपाल टेलिकम एपबाट पनि यस सम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।