मुख्य सामग्रीमा जानुहोस्
Sunday, 25 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

मधेश आन्दोलनको बेला एमालेमाथि भ्रम फिजाएर प्रवेश निषेध गरियो : ओली

Himali Patrika 1 मिनेट पढाइ

८ असोज, जनकपुरधाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली एमालेले गरेको विकास देखेर तराई मधेशमा पार्टी प्रवेशको लहर चलेको बताएका छन् । धनुषाको तिनकौरियामा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले आफ्नो सरकारको पालामा भएको विकास देखेर हिजो प्रवेश निषेध गरेको तराई मधेशमा एमालेमा प्रवेशको लहर चलेको तर्क गरे ।

‘हामीले काम मात्रै गर्‍यौं । हाम्रो काम देखेर तराई मधेशसहित पूर्व मेचीदेखि पश्चिम महाकालीस्म एमाले प्रवेशको लहर चलेको छ’ ओलीले भने ।

मधेश आन्दोलनको बेला तराई मधेशमा एमालेमाथि भ्रम फिजाएर प्रवेश निषेध गरेको बताउँदै उनले मेचीकाली अभियान चलाउँदा सप्तरीमा राज्यपक्षले गोली चलाएर नागरिकको हत्या गराएको आरोप लगाए ।ओलीले भने ‘मेची काली अभियानको क्रममा राज्य पक्षले गोली चलायो । हाम्रै नागरिक मारियो भनेर दुख लाग्यो । त्यो कार्यक्रम रोकेँ । मधेश प्रवेश कार्यक्रम स्थगित गरेँ’ उनले भने ।

ओलीले निर्वाचन पश्चात् एमालेको सरकार बने ५ वर्ष भित्र सुकुम्बासीको हरेक समस्या समस्या समाधान गर्ने बताए । उनले सो अविधिमै प्रत्येक गरिब विपन्नलाई सुविधा सम्पन्न घर पनि बनाएर वितरण गर्ने आश्वासन दिए । फाइल तस्विर 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।