काठमाडौँ। लामो समयसम्मको विवाद पछि शुक्रबारदेखि विश्वभर प्रदर्शनमा आएको नेपाली चलचित्र प्रेमगीत-३ को हिन्दी संस्करण लिक भएको छ। नेपाल र भारत सहित विभिन्न मुलुकमा एक साथ प्रदर्शनमा आएको चलचित्रको हिन्दी संस्करण नेपालमा रिलिज नहुँदै लिक भएको हो।
चलचित्र संवद्ध स्रोतले जानकारी गराए अनुसार यो चलचित्रले हिजो देखि नेपाल भारत र अन्यमुलुक गरी लगभग ६०० सय थियटर्सबाट प्रदर्शन सुरु गरेको थियो । चलचित्र भारतका ३ सय ३० वटा थियटर्समा प्रदर्शनमा आएको जनाइएको छ । नेपालमा हाल यस चलचित्रको नेपाली संस्करण प्रदर्शनमा छ भने निर्माण पक्षले यस अघिनै नेपालमा पनि हिन्दी संस्करण रिलिज गर्ने घोषणा गरिसकेको छ । हिन्दी भर्सनको सेन्सर सर्टिफिकेट नआइसकेकाले नेपालमा हिन्दी संस्करण सोमबार मात्र रिलिज हुने जनाइएको छ ।
यद्यपि नेपालमा प्रदर्शन हुनु पूर्व नै प्रेम गित ३ ‘अनएथिकल’ साइट ‘टेलिग्राम’ मा लिक भएको हो । इतिहासमा पहिलो पटक नेपाललाई ‘ग्लोबल मार्केटमा ‘ मा पुर्याउन सफल यस चलचित्रले भारतमा पनि अपेक्षित मात्रामा शो प्राप्त गर्न भने सकेको छैन यस्तो अवस्थामा फिल्मको हिन्दी संस्करण नेपालमा रिलिज हुनुपुर्वनै लिक हुनाले फिल्मलाई उल्लेखनीय आर्थिक नोक्सानी हुनसक्ने सम्भावना बढेको छ ।
हिन्दी संस्करणले भारतमा पहिलो दिन ९२ लाख भारतीय रूपैयाँ कलेक्सन गरेको छ।भारतीय ट्रेड एनालिस्ट तरन आदर्शले भारतमा पहिलो दिन ९२ लाख भारू (झन्डै डेढ करोड) रूपैयाँको व्यापार गर्न सफल भएको जानकारी दिए । यस्तो अवस्थामा फिल्मको हिन्दी संस्करण नेपालमा रिलिज हुनुपुर्वनै लिक हुनाले फिल्मलाई उल्लेखनीय आर्थिक नोक्सानी हुनसक्ने सम्भावना बढेको छ।
भारतमा ‘प्रेमगीत-३’ ले कति कमायो?
सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘प्रेमगीत ३’ को हिन्दी संस्करणले भारतमा सुखद सुरूआत गरेको छ। भारतीय ट्रेड विश्लेषक तरण आदर्शका अनुसार फिल्मले पहिलो दिन १ करोड ४७ लाख रूपैयाँ (९२ लाख भारतीय रूपैयाँ) कमाएको छ।
‘सीमित शोका बाबजुद फिल्मले राम्रो व्यापार गरेको छ,’ उनले ट्विटरमा लेखेका छन्, ‘टिकटको दर कम भएका कारण फिल्मको कमाइ थोरै भएको हो। फिल्मको व्यापार २-३ दिनमा आफ्नो लयमा फर्किने छ।’
फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्। फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका हुन्। प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ। फिल्मले दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ।





