मुख्य सामग्रीमा जानुहोस्
Monday, 5 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

भीम रावलको ट्वीटरमा आरोप :आचार संहिता विपरीत सूची बांडियो, विरोध गर्दा जाइलाग्ने काम भयो

Himali Patrika 1 मिनेट पढाइ

चितवन – नेकपा एमालेको १० महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार रावलले प्यानलको सूची वितरण भएकोमा भन्दै विरोध जनाएका छन् । उनले टिवट गर्दै प्यानल सूची वितरणको विरोध गर्दा केपी ओली पक्षबाट आफू पक्षीय कार्यकर्तामाथि जाइलाग्ने काम भएको समेत आरोप लगाएका छन् ।

उनले भनेका छन् ‘चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिता विपरीत समूह सूची बांड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु । उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउंछ । यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु ।’

अध्यक्षका अर्को उम्मेदवार केपी शर्मा ओली पक्षले कसलाई भोट हाल्ने कसलाई नहाल्ने भनेर सूची वितरण गरेको छ । त्यसमा रावलले विरोध जनाएका हुन । तर, एमालेका नवनिर्वाचित महासचिव शंकर पोखरेलले बन्दसत्र हलमा पेश भएको सर्वसम्बत पत्र नै बांडिएकाले त्यसलाई गलत रुपमा बुझ्न नहुने बताएका छन् । उनले अध्यक्ष मण्डलका तर्फबाट जारी भएको सूची नै एकताको सूची भएकाले त्यसलाई बांडिनुलाई अन्यथा लिन नहुने बताए ।

ले बन्दसत्र हलमा पेश भएको सर्वसम्बत पत्र नै बांडिएकाले त्यसलाई गलत रुपमा बुझ्न नहुने बताएका छन् । उनले अध्यक्ष मण्डलका तर्फबाट जारी भएको सूची नै एकताको सूची भएकाले त्यसलाई बांडिनुलाई अन्यथा लिन नहुने बताए ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।