दाङको घोराही कारागारमा रहेका कैदीबन्दीलाई सिपमुलक तालिम दिईको छ । कारागार कार्यालय घोराहीको आयोजना तथा समाज कल्याण केन्द्र दाङको समन्वय एवम् घोराही उपमहानगरपालिका वडा नम्बर १५ को आर्थिक सहयोग र नयाँ पाईला पुर्नस्थापना केन्द्रको सौजन्यमा पाँच दिने सीपमुलक प्रदान गरिएको हो ।
समाज कल्याण केन्द्रकी अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता एवं सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनको विशिष्ठ आतिथ्यतामा पाँच दिने तालिमको आज समापन गरिएको हो ।
कर्यक्रममा बोल्ने वक्ताहरुले आत्मनिर्भरता सम्बृद्धिको पहिलो आधार भएको बताउनुभएको छ । हरेक समयलाई सिपसंग जोड्नसके परनिर्भरतालाई शुन्यमा लैजानु सकिने उहाँहरुको जोड थियो ।कैदीबन्दीहरुले पाँच दिनको अवसधमा मैनवत्ती, अगरबत्ती, सरफ बनाउन तालिम सिकेकाहुन् । तालिमको मुख्य प्रशिक्षकमा विष्णु थापा रहनुुभएको थियो ।।





