मुख्य सामग्रीमा जानुहोस्
Saturday, 17 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

अबको क्रान्ति भनेको आर्थिक क्रान्ति हो : प्रचण्ड

Himali Patrika 1 मिनेट पढाइ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको क्रान्ति भनेको आर्थिक क्रान्ति भएको बताएका छन् । प्रेस सेन्टर नेपाल चितवन जिल्ला समन्वय समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा आज बोल्दै प्रचण्डले अबको क्रान्ति आर्थिक क्रान्ति भएको भन्दै नेपालमा कसरी खरबौ बजेट ल्याउन सकिन्छ भनेर आफुहरु लागिरहेको बताएका छन् ।

अहिलेको जनमत निर्माण मिडियाले गर्ने बताउंदै प्रचण्डले मिडियाले जनमत कसरी निर्माण गर्न पहल गर्नसक्छ भन्ने कुरा समाजमा त्यसले कस्तो प्रभाव पार्न सक्छ भन्नेमा भर पर्ने बताए । प्रचण्डले देशमा व्यवस्था बदलिएपनि अवस्था जहाँको त्यही भएको भन्दै अब जनताको अवस्था बदल्न आबस्यक रहेको बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि मिडियाको पहलकदमी बढ्नुपर्ने धारणा राख्दै प्रचण्डले देश पुन मुठभेड र अराजकतातिर जानबाट रोक्नुपर्ने बताए । चितवनमा अहिले नमूना विकासको प्रयास भैरहेको भदै उनले आगामी दिनहरुमा निकै ठूलो तीव्र गतिमा विकास र समृद्धिको नयाँ मोडेल चितवनले प्रदर्शन गर्ने बिस्वास व्यक्त गरेका छन् ।

उनले अघि भने,चितवनको विकासको मोडेल देशैभरी विस्तारित गर्न आबस्यक रहेको छ । चुनावी कार्यक्रममा सहभागी हुन शनिबार चितवन गएका प्रचण्डले आइतबार भरतपुरमा पार्टी प्रवेश तथा समायोजन कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।