मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 15 September 2026
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

रवीन्द्र मिश्रसंग एकीकरण गरेपछि राजेन्द्र लिङ्देनले गरे चुनावपछि पहिलो पार्टी बन्ने दाबी

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी चुनावबाट आफ्नो पार्टी पहिलो पार्टी बन्ने दावी गरेका छन् । बुधबार रवीन्द्र मिश्र नेतृत्वको बृहत ध्रुवीकरण पक्षधरसँगको एकता घोषणा कार्यक्रममा नागरिकले विश्वासिलो विकल्प खोजिरहेको र राप्रपा विकल्प रहेको दावी गरे ।

‘राप्रपाले धेरै सिट ल्याउने मात्र होइन, पहिलो सिट ल्याउँछ’ उनले भने, ‘मतदाताले विश्वासिलो विकल्प खोजिरहेको छ । विकल्प खोजिरहेको मतदाताको नजरमा राप्रपा परेको छ । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले निर्वाचित हुन्छन् भन्ने कसैले नसोचेको भन्दै लिङ्देनले राप्रपाको पनि त्यस्तै अवस्था हुने दावी गरे ।

राप्रपाले विगतमा गलत व्यवस्थापनका कारण पटक पटक हारेकाले नेत कार्यकर्तामा हीन मानसिकता देखिएको पनि लिङ्देनले बताए । हारेको हार्दै गर्दा जितिन्छ भन्ने र जिते पनि त्यत्रो सिट भन्ने हिन मानसिकता अझै छ’ उनले भने ।

लिङ्देनले पार्टीका नेता कार्यकर्तालाई चुनाव क्षेत्रमा जान र उम्मेदवारी घोषणा गर्न पनि आग्रह गरेका छन् । उनले देशका १६५ वटै प्रतिनिधिसभा र ३३० प्रदेशसशभमा उम्मेदवारी दिने बताएका छन् । उनले भने, ‘विजय हाम्रो सम्मुख छ । मुलुकले विकल्प खोजिरहेको छ ।’ ४ मंसिरको चुनावमा कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरुले नै राप्रपालाई मत दिने लिङ्देनले दावी गरे ।

सानो दुःखले मैले विवेकशील छाडेको होइन : रविन्द्र मिश्र

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले धेरै दुःखपछि आफूले विवेकशील पार्टी छोड्ने निर्णय गरेको बताए। उनले त्यहाँ रहेका अन्य साथीहरुले आफैँ पार्टी चलाउने भेपछि आफू छोड्न तयार भएको बताए।

‘सानो दुःखले मैले विवेकशील छाडेको होइन। उहाँहरुले ‘हामी आफैँ चलाउँछु’ भन्नुभयो। त्यही भएर मैले बाटो छोडिदिएँ। तर हेर्नुस् त उहाँहरुको हालत,’ उनले भने।

उनले राप्रपा आउँदैगर्दा आफू एक्लै नआएको बताए। ‘धेरैले रविन्द्र मिश्र एक्लै राप्रपा जाने हो भने। म उनीहरुलाई भन्न चाहन्छु- ७ प्रदेशमध्ये ६ जनाले राजीनामा दिएर आउनुभएको छ। काम विशेष केही बाहिर रहनुभए पनि केही साथीहरु यहाँ उपस्थित हुनुभएको छ,’ उनले भने।

उनले राप्रपालाई २१औं शताब्दीमैत्री पार्टी बनाएर देखाउने बताए। उनले संघीयता र धर्मनिरपेक्षताको खारेज हुनुपर्नेसमेत बताए। ‘यो देश हाम्रोमात्र होइन। हाम्रो छोराछोरी पुस्तका लागि पनि हो। सके राम्रो बनाऔं। नसके नबिगारौं,’ उनले भने।

उनले पछिल्लो समय नेपाल विदेशी शक्तिको चलखल हुने ठाउँ बनेको बताए। ‘अमेरिकी कूटनीतिज्ञहरू नेपाल आइरहेका छन्। चीनका ठूला नेता आएका छन्। भारतको प्राथमिकतामा नेपाल सधैं उच्च छ। यसले के देखाउँछ भने नेपाल विश्व शक्तिको केन्द्र बनिरहेको छ। तर, हामी आफैंचाहिँ भ्रष्ट सरकार लिएर बसिरहेका छौं। जहाँ सरकारका कुनै पनि अंगले आफ्ना काम गरिरहेका छैनन्,’ उनले भने।

उनले नेपालमा भूराजनीतिक जटिलताहरू आइरहेको बताए। उनले हलो चुनाव चिन्ह बोक्न आफूलाई कुनै लाज नभएकोसमेत बताए। ‘नाम र चुनाव चिह्नमा अल्झिएर केही हुन्न भनेर हलो बोक्ने निर्णय गरेँ। ६० प्रतिशत नेपालीको प्रतिनिधित्व गर्ने हलो बोक्न मलाई केही लाज छैन,’ उनले भने।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।