उपाध्यक्षमा पराजित घनश्याम भूसालले केपी ओलीबाट लिए केन्द्रीय सदस्यको शपथ

उपाध्यक्षमा पराजित घनश्याम भूसालले केपी ओलीबाट लिए केन्द्रीय सदस्यको शपथ

काठमाडौँ । एमालेको उपाध्यक्षमा पराजित घनश्याम भूसाल केन्द्रीय सदस्यमा भने निर्वाचित भएका छन् । उनले अध्यक्ष केपी शर्मा ओलीबाट केन्द्रीय सदस्यको शपथ ग्रहणसमेत गरे ।एमालेको विधान अनुसार पदाधिकारीका उम्मेदवार स्वतः केन्द्रीय सदस्यको उम्मेदवार हुने प्रावधान छ। उपाध्यक्षमा ७२५ मत ल्याएका भूसालले केन्द्रीय सदस्यमा १२६५ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक विजय सुब्बाले जानकारी दिए ।

यस्तै, अध्यक्षमा पराजित भीमबहादुर रावल पनि केन्द्रीय सदस्यमा निर्वाचित भए । उनले ९०४ मत प्राप्त गरे तर शपथ लिएनन् । सचिवमा पराजित भीम आचार्यले १३९३ मत ल्याउँदै केन्द्रीय सदस्यमा निर्वाचित भए । सचिवमा आचार्यले ७८८ मत ल्याएका थिए । सचिवमा पराजित टंक कार्कीले केन्द्रीय सदस्यमा ९०५ मत ल्याउँदै निर्वाचित भएका छन् ।

नवनिर्वाचित एमाले ओलीले भने : अहंकारी मानिस नेता हुँदैन

Europass CV in Nepal

नवनिर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओलीले अहंकारी व्यक्ति नेता हुन नसक्ने बताएका छन्। चितवनको सौराहामा मंगलबार राति शपथ कार्यक्रमपछि मन्तव्य राख्दै नवनिर्वाचित नेता/कार्यकर्ताहरूलाई नेताको जस्तो व्यवहार गर्न निर्देशन दिएका हुन्। ‘नेताजस्तो व्यवहार गर्नुहोला, शालीन ढंगले प्रस्तुत हुनुहोला’, उनले भने, ‘घमण्डी, दम्भी, अहंकारी व्यक्ति नेता हुँदैन, नेता अहंकारी हुँदैन।’

तीन महिने अभियान घोषणा 

निर्वाचित पदाधिकारी र सदस्यले सपथ लिएपछि पहिलो बैठक सुरु भएको हो। शपथग्रहण कार्यक्रममा ओलीले केन्द्रीय कमिटीको बैठक बस्न लागेको जानकारी दिएका थिए। उनले अर्को बैठक मंसिर २५ र २६ गते बस्ने जानकारी दिए। ओलीले एमालेलेलाई एकीकृत पार्टी बनाउने भन्दै तीन महिने अभियानको पनि घोषणा गरेका छन्। ओली आजै अध्यक्ष पदमा दोस्रो कार्यकाल निर्वाचित भएका हुन्। एमालेको १०औं महाधिवेशनले ३०१ जनाको केन्द्रीय कमिटी चयन गरेको हो।

Europass CV in Nepal