मुख्य सामग्रीमा जानुहोस्
Saturday, 24 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

सल्यान जीप दुर्घटनामा एकमात्र जीवित भन्छन्, चालक निदाएकाले दुर्घटना भयो

Himali Patrika 1 मिनेट पढाइ

सल्यानको मूलपानीमा जीप दुर्घटनाका घाइते तिलक ओलीको अहिले कोहलपुर मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ। सो दुर्घटनामा परेर एक बालकसहित ८ जनाको मृत्यु भएको थियो।

दुर्घटनामा परेर गम्भीर घाइते सल्यान कपुरकोट गाउँपालिका ६ जलवाङका ३५ वर्षीय ओलीले चालक निदाउँदा दुर्घटना भएको बताउनुभएको छ। शरीरका धेरै भागमा गम्भीर चोट लागेर घाइते हुनुभएका उहाँले चालक निदाएपछि दुर्घटना भएको बताउनुभएको छ।

उहाँले दुर्घटनापछि आफूले नै भतिजोलाई फोन गरेर दुर्घटनाको जानकारी दिए पनि ठ्याक्कै ठाउँ बताउन नसक्दा समयमा उद्धार हुन नसकेको उहाँको भनाइ छ। दाङको तुलसीपुरस्थित गोटीखोला प्रहरी चौकीमा राति १२ बजे इन्ट्री गरेर सल्यानतर्फ हिँडेको उहाँहरू सवार रा १ ज ५६३ नम्बरको डबल क्याप सो जीप सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलपानीमा राति करिब दुई बजेको आसपासमा दुर्घटनामा परेको थियो।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।