मुख्य सामग्रीमा जानुहोस्
Saturday, 24 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

समानुपातिक सूचीबाट आरजु र मञ्जु हट्नुपर्ने कोइराला पक्षको अडान

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौँ । टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै घोषित आन्दोलनमै उत्रेको कांग्रेसको कोइराला पक्षले श्रीमान-श्रीमती दुवैलाई उम्मेदवार बनाउन नहुने प्रस्ताव गरेको छ।असोज ३ गते निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा आफ्नो पक्षका मान्छेलाई नगन्यमात्रै अवसर दिएपछि कोइराला पक्षले बन्दसूची सच्याउनुपर्ने माग गरेको छ।

पार्टी कार्यालयमा धर्नादेखि छुट्टै गुट भेला गरेर गठबन्धन नै असफल पार्ने चेतावनीपछि सभापति देउवा समानुपातिकको सूची हेरफेर गरेर कोइराला पक्षलाई उचित स्थान दिन तयार भएका छन्।

संस्थापन पक्ष बन्दसूची सच्याउन तयार भएपछि प्रधानमन्त्री निवास बालुवाटारमा दुवै पक्षका नेताहरू छलफलमा जुटेका छन्। एक नेताका अनुसार कोइराला पक्षले एकैघरबाट दुईजनाले अवसर पाउने गरी उम्मेदवार बनाउन नहुने शर्त अघि सारेका छन्।

त्यसो हुँदा समानुपातिकको सूचीमा परेका प्रधानमन्त्री देउवा पत्नी आरजु राणा र गृहमन्त्री बालकृष्ण खाँड पत्नी मञ्जुको नाम हटाउनुपर्ने हुन्छ।पहुँचका आधारमा देउवा र खाँड दुवैले आफ्ना श्रीमतीलाई चुनिने गरी समानुपातिकको अघिल्लो नम्बरमै राखेका छन्।

आफ्नो पक्षलाई अवसर दिन माग गर्दै कोइराला पक्षले बुधबार पार्टी कार्यालय सानेपामा धर्ना दिएको थियो भने बिहीबार बिहान गौशालास्थित एक पार्टी प्यालेसमा भेलाको आयोजना गरेको थियो। समानुपातिकका ३० प्रतिशत दिन देउवा तयार भएको बताइएको छ। असोज १६ गतेसम्म समानुपातिकको बन्दसूची हेरफेरका लागि आयोगले समय दिएको छ।

सूचीको पहिलो नम्बरमा विमलेन्द्र निधि रहँदा फरमुल्लाह मन्सुर, जीवन परियार, डा. प्रकाशशरण महत, आनन्द ढुंगाना क्रमशः छन् । त्यस्तै, पूर्व राष्ट्रपति रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादव अनिल रुंगटा, प्रधानमन्त्री शेरबहादुर देउवापत्नी डा. आरजु राणा देउवा, गृहमन्त्री बालकृष्ण खाँडपत्नी मञ्जु खाँड लगायत परेका छन् । त्यस्तै, गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्यालको नाम पनि काँग्रेसको समानुपातिक सूचीमा अटाएको छ । त्यस्तै, गोपालमान श्रेष्ठ समेत समानुपातिक सूचीमा परेका छन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।