टिकटका लागि कसैकहाँ माफी माग्न जाने कुरै हुँदैन : घनश्याम भूसाल

टिकटका लागि कसैकहाँ माफी माग्न जाने कुरै हुँदैन : घनश्याम भूसाल

काठमाडौं । बिहीबार मध्यरातमा सकिएको नेकपा एमाले सचिवालय बैठकले टिकट वितरण गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । र, एमाले अध्यक्ष ओलीको तर्क छ आफ्नै पार्टी अध्यक्षलाई प्रधानमन्त्रीबाट बर्खास्त गर्न हस्ताक्षर गर्ने नेताहरुलाई विना आत्मालोचना कसरी टिकट दिने ?’ बिहीबारको निर्णय र ओलीको अडानले २७ असार २०७८ मा १० बुँदे सहमति गरेर एमालेमा बसेका नेताहरुले आसन्न चुनावको टिकट नपाउने जोखिम हुन्छ ।

एमाले स्थायी कमिटी सदस्य घनश्याम भूसाल, व्यक्तिलाई निर्णयको अधिकार दिनु एकदमै गलत मान्छन्, सचिवालयले निर्णय गरिसकेकाले ओलीसँग राम्रो विवेक पुर्‍याउने अपेक्षा राख्छन् । तर टिकटकै लागि आत्मालोचना गर्न भने नजाने उनको अडान छ ।

उनी भन्छन्, पञ्चायतमा पुलिसले कुटेर पिटेर थुनेर यातना दिएर पञ्चायतलाई मान्छु भन्, तलाईं छोडिदिन्छु भन्दा त नमानेर करिब ३ वर्ष करिब जेल बसेँ । ६ पटक गिरफ्तार भएँ । किनभने मेरो मान्यतामा अडिग रहेँ । यो उमेरमा आएर टिकटका लागि कसैकहाँ जाने कुरै हुँदैन ।’

Europass CV in Nepal

अनलाइनखबरए लिएको अन्तर्वार्तामा प्रश्नको जवाफ घनश्याम भूसालले भने, ‘

मैले अघि पनि भनेँ कि व्यक्तिगत रुपमा मैले आत्मालोचना गर्नुपर्ने गरी कुनै गल्ती गरेको छैन । पञ्चायतमा पुलिसले कुटेर पिटेर थुनेर यातना दिएर पञ्चायतलाई मान्छु भन्, तलाई छोडिदिन्छु भन्दा त नमानेर करिब ३ वर्ष करिब जेल बसेँ । ६ पटक गिरफ्तार भएँ । किनभने मेरो मान्यतामा अडिग रहेँ ।

यो उमेरमा आएर टिकटका लागि कसैकहाँ जाने कुरै हुँदैन । यो त पार्टीको विधिभन्दा विपरीत हुन्छ । अझ माग्न जाने कुरा नै गलत हो । त्यसमाथि आफ्नो मान्यताका विरुद्धमा माफी मागेर टिकट माग्ने भन्ने अकल्पनीय कुरा हो ।

Europass CV in Nepal