२० गते नेपाल फर्किएर आत्मसमर्पण गर्छु : सन्दीप लामिछाने

२० गते नेपाल फर्किएर आत्मसमर्पण गर्छु : सन्दीप लामिछाने

१५ असोज, काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आत्मसपर्पण गर्ने बताएका छन् । एक किशोरीले बलात्कारको जाहेरी दर्ता गराएपछि विदेशमै लुकेका लामिछानेले शनिबार बिहान एक वक्तव्य जारी गर्दै नेपाल फर्किएर आत्मसपर्पण गर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले अक्टोबर ६ अर्थात यही असोज २० गते नेपाल फर्किने बताएका छन् । ‘ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा नेपाल आउँदैछु र झुटो आरोपविरुद्ध कानुनी लडाइँ लड्नका लागि नेपाल सरकारसमक्ष आत्मसमर्पण गर्नेछु,’ उनले लेखेका छन् ।

उनले आफू निर्दोष भएको बताउँदै चाँडै न्याए पाउने विश्वास व्यक्त गरेका छन् । उनले आफूमाथिको षडयन्त्रको समसँगै पर्दाफास हुने दाबी पनि गरेका छन् । केही समय सम्पर्कविहीन भएका लामिछानेले पछिल्लो पटक आफू तनावमा भएकोले आइसोलेसनमा बसेको बताए ।

Europass CV in Nepal

उजुरी दर्ता भएयता लामिछाने प्रहरीको फरार सूचीमा दर्ज भएका छन् । क्यारेबियन लिगका लागि जमैका गएका लामिछाने नेपाल नफर्केपछि प्रहरीले उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिससमेत जारी गरेको छ ।

न्याय प्रणालीमा पूर्ण विश्वास रहेको उल्लेख गर्दै उनले आफू निर्दोष सावित हुने स्ट्याटसमा दाबी गरेका छन् । आफू अश्वाभाविक अवस्थाबाट गुज्रिएको भएपनि अहिले ‘निको’ भएको बताएका छन् ।

उनले समयक्रममा आफूविरुद्ध लगाइएका गलत आरोपहरु पर्दाफास हुने बताएका छन् । यसअघि पनि लामिछानेले सामाजिक सञ्जालमार्फत् आफू निर्दोष रहेको र केही दिनमै नेपाल फर्किने बताएका थिए ।

१७ वर्षीया एक किशोरीले लामिछानेविरुद्ध भदौ २१ मा जबर्जस्ती करणीको कसुरमा प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । त्यसको दुई दिनपछि भदौ २३ मा नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई कप्तानबाट निलम्बन गरेको थियो । काठमाडौं जिल्ला अदालतले त्यही दिन लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

उनी नाबालिग बलात्कार आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएपछि राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बनमा परेका थिए ।

 

Europass CV in Nepal