मुख्य सामग्रीमा जानुहोस्
Monday, 7 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
समाचार

सलमान खानको ‘बडी डबल’ ४५ बर्षे सागर पाण्डेको निधन

Himali Patrika 1 मिनेट पढाइ

एजेन्सी । बलिउड अभिनेता सलमान खानको ‘बडी डबल’ सागर सलमान पाण्डेको निधन भएको छ । भास्कर संवाददाताका अनुसार जिममा कसरत गर्ने क्रममा सागरको मृत्यु भएको हो । सागर ४५ वर्षका थिए, जो सन् १९९९ देखि सलमान खानको फिल्ममा बडी डबल थिए । ‘कुछ कुछ होता है’ बाट आफ्नो करियर सुरु गरेका उनले ५० वटा फिल्ममा काम गरिसकेका छन् ।

यो कुरा सलमान खानको अर्का बडी डबल शान्तनु घोषले भास्करसँगको कुराकानीमा पुष्टि गरेका छन् । उनले भने, ‘सागर जिममा कसरत गरिरहेको बेला अचानक बेहोस भयो ।’

शान्तनुले अगाडि भने, ‘सलमान खानका फ्यानहरू हाम्रा फ्यान बनेका छन्, यस्तो अवस्थामा हामी पनि उहाँजस्तै फिट हुन जरुरी छ । यदि हामी सामान्य मान्छे थियौं भने फिट रहनु हाम्रो लागि विकल्प हुन्थ्यो तर हामी सलमानको बडी डबल हौं, त्यसैले उहाँ जस्तै फिट रहनु हाम्रो दायित्व हो ।’

सागरलाई तुरुन्तै जोगेश्वरी पूर्व, मुम्बईमा रहेको हिन्दी हृदय सम्राट बालासाहेब ठाकरे ट्रमा केयर नगरपालिका अस्पतालमा लगियो । त्यहाँ चिकित्सकले अस्पताल पुग्नुअघि नै सागरको मृत्यु भइसकेको जानकारी दिएका थिए ।

एक अन्तर्वार्तामा सागरले आफू पनि सलमान खान जस्तै अविवाहित भएको बताएका थिए । सागरका ५ दाजुभाइ छन् र उनीहरुको खर्च सागरले नै बेहोर्दै आएका थिए ।बडी डबलको रूपमा सागरको करियर १९९८ मा आएको फिल्म ‘कुछ कुछ होता है’ बाट सुरु भएको थियो । यसपछि सागर ‘बजरंगी भाईजान’, ‘ट्युबलाइट’, ‘दबंग’, ‘दबंग २’ जस्ता फिल्ममा सलमानको बडी डबल बनेका छन् । सागरले अहिलेसम्म ५० वटा चलचित्रमा अभिनय गरिसकेका छन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।